९ आश्विन २०८१ बुधबार
image/svg+xml

काभा भलिबलः नेपाल र भारत भिड्दै

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा नेपालले भारतको सामना गर्न लागेको हो।

पाँच हजार मिटर दौडमा मिङमार र निनुलाई स्वर्ण

दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिङमार सिंह र निनु तामाङले स्वर्ण पदक जितेका छन्।

उज्वेकिस्तानले श्रीलङ्कालाई हरायो

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उज्वेकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ।

अन्नपूर्ण आधार क्षेत्रमा दौड प्रतियोगिता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दौड प्रतियोगिताको आयोजना गरिएको छ।

बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि

मकवानपुरको हेटौडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ।

पोखरामा कायाकिङ प्रतियोगिता गरिँदै

जेठ दोस्रो साता पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने भएको छ। प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल ¥याफ्टिङ तथा क्यानोइङ संघको समन्वयमा उक्त प्रतियोगिता जेठ १२ गते आयोजना हुने भएको हो।

अन्तरविद्यालय टेबल टेनिस सुरु

नवौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।

बागमती प्रदेश खेलकुद प्रतियोगिता जेठ ७ गतेदेखि

बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुने भएको छ। प्रदेश खेलकुद विकास परिषद्ले आज हेटौँडामा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो प्रतियोगिताबारे जानकारी गराएको हो।

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकलाई बीएनए कप

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

दोस्रो बागमती प्रदेश खेलकुद जेठ ७ गतेबाट, तयारी तीव्र

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा यही जेठ ७ गतेबाट दोस्रो प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ।

पर्यटन प्रवर्द्धन गर्न म्याराथुन दौड

विराटनगर –१८ स्थित विराट राजाको दरवारदेखि सुनसरीको वर्जु ताल सम्म म्याराथुन दौड प्रतियोगिता आयोजना गरिने भएको छ।

हिमालयन बैंकद्वारा संकटा क्लबलाई दश लाख रूपैयाँ प्रदान

हिमालयन बैंकले शहीद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्युरोडस्थित संकटा क्लबलाई दश लाख रूपैयाँ प्रदान गरी प्रायोजन गरेको छ।

विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता: पोखराको मैत्री पाठशालाले जित्यो उपाधि

पोखरामा आयोजित दोश्रो मोहन स्मृति राष्ट्रि«य विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराको मैत्री पाठशालाले जितेको छ। साविक विजेता काठमाडौंको ग्यालेक्सि पब्लिक स्कुललाई पछि पार्दै पोखराको मैत्री पाठशालाले उपाधि जितेको हो। मैत्री पाठशालाले एक स्वर्ण र एक कास्य पदकसहित च्याम्पियन बनेको हो।

आइपिएल : दिल्ली प्रतियोगिताबाट बाहिरियो

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपीएल २०२३ को उपाधी दौडबाट बाहिरिएको छ। गएराती भएको खेलमा दिल्ली पन्जाब किंग्ससंग ३१ रनले पराजित भएसंगै यस वर्षको आइपिएलको उपाधी दौडबाट बाहिरिएको हो।

इलाममा रग्बी प्रतियोगिता आयोजना गरिने

नेपाल रग्बी संघले विश्व रग्बी संघको पूर्ण सदस्यता पाएसँगै इलाममा सम्भवतः पहिलो पटक यसको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्