१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकलाई बीएनए कप

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि  जितेका छन्।

ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र गोल्डेनपिक जुनियर ब्वाइजमा उपाधी जित्न सफल भएका हुन।  

बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी ९बीएनए० को कोर्टमा आज भएको सिनियर ब्वइजको थ्री बाइ थ्री फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई १७–१२ ले पराजित ग¥यो। ग्रिनल्यान्डका सुरेश बिसीले ९ अंक जोडे।

सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले पृथ्वीलाई ३०–२१ ले हरायो। भ्याली पब्लिककी मुस्कान गुरुङले १७ स्कोर गरिन्।

जुनियर ब्वाइजमा च्याम्पियन बन्ने क्रममा गोल्डेनपिकले फाइनलमा एन्जल्स हार्टलाई २४–१७ ले पाखा  लगायो। गोल्डेनपिकका अमन गुरुङले ७ अंक बटुले।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ, सिनियर गल्र्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा गोल्डेनपिकका अमन गुरुङ ुमोस्ट भेलुएबल प्लेयरु घोषित भए। सिनियर ब्वाइजमा ग्रिनल्यान्डका सुरेश बिसी तथा सिनियर गल्र्समा पृथ्वीकी दावा ल्हामो गुरुङ उत्कृष्ट ुथ्री प्वाइन्टरु चुनिए। 

सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनमोल गुरुङ ९६७ अंक०, सिनियर गल्र्समा भ्याली पब्लिककी मुस्कान गुरुङ ९४२ अंक० र जुनियर ब्वाइजमा एन्जल्स हार्टकी रुपेश पौडेल ९२२ अंक० सर्वाधिक स्कोरकर्ता बने।

विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी र थकिनकुमार गुरुङ, टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम गौतम, आयोजक बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

साताव्यापी प्रतियोगिताको सिनियर ब्वाइजमा २४, सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ गरी जम्मा ४८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको बीएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन्।

प्रकाशित: २ जेष्ठ २०८० १०:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App