७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि

मकवानपुरको हेटौडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ। प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उदघाटन गर्नेछन्।

परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार प्रतियोगिताको उदघाटन हेटौडा उपमहानगरपालिका-५ पिप्ले क्याम्पा रंगशालामा गर्ने तय भएको छ। प्रतियोगितामा सहभागी हुन खेलाडी, प्रशिक्षक, निर्णायक, खेल पदाधिकारी लगायत हेटौडा आइसकेका छन्। प्रतियोगितामा १३ खेल समावेश गरिएका छन्। उसु, जुडो र पौडी खेल काठमाडौ तथा ललितपुरमा खेलाइने छन्।

यस्तै क्रिकेट चितवनमा खेलाइने सदस्य सचिव भण्डारीले बताए। फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, रग्बी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दो हेटौडाका विभिन्न खेल मैदानमा खेलाइने छन्।

प्रतियोगितामा एक हजार ७५ महिला र एक हजार चार सय २७ पुरुष खेलाडी सहभागी हुँदै छन्। यस्तै एक सय ७३ प्रशिक्षक, एक ४२ व्यवस्थापक, दुई सय ७६ निर्णायक लगायत प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ।  

प्रकाशित: ७ जेष्ठ २०८० ०७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App