१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

हिमालयन बैंकद्वारा संकटा क्लबलाई दश लाख रूपैयाँ प्रदान

हिमालयन बैंकले शहीद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्युरोडस्थित संकटा क्लबलाई दश लाख रूपैयाँ प्रदान गरी प्रायोजन गरेको छ।

बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई हस्तान्तरण गरेका छन्। बैंकले सो रकम खेलाडीहरूको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सरसामान खरिद गर्न उक्त क्लबलाई मदत स्वरूप प्रदान गरेको हो।

बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरूको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित: १ जेष्ठ २०८० ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App