४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रक भित्र २१६ किलो गाँजा फेला, दुई पक्राउ

गाँजा सहित पक्राउ परेका व्यक्ति र नियन्त्रणमा लिइएको ट्रक।

ट्रक मार्फत लागु औषध गाँजा ओसारपाेसार गर्ने दुई जनालाई बारा प्रहरीले दुई सय १६ किलो गाँजा सहित नियन्त्रणमा लिएको छ।

रतनपुरीबाट ट्रकमा लोड गरी निजगढ तर्फ लैजाँदै गरिएको अवस्थामा ईलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट रतनपुरीको टोलीले गाँजा सहित दुई जनालाई सोमबार नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर हाँडीखोला-६  हाल जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने दिपक कोइराला र अर्का ट्रकमा सवार मकवानपुर हेटौँडा उपमहानगरपालिका-३० बस्ने जिवन घलान रहेका छन्।

बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार निजगढ नगरपालिकाको रतनपुरीबाट निजगढ तर्फ आउँदै गरेको ना ५ ख ७५५२ नम्बरको ट्रकलाई लालपार्कमा चेकजाँच गर्ने क्रममा ट्रक भित्रलुकाइएको अवस्थामा उक्त परिमाणको लागु औषध फेला परेको थियाे। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए।

गत वैशाख ६ गते पनि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले सीमावर्ती क्षेत्र पचरौता नगरपालिका–४ ईनर्वाबाट गोली चलाएर २३० किलो लागूऔषध गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको थियो। पछिल्लो समय यहाँ गाँजाको ओसारपोसार बढ्दो क्रममा छ।

प्रकाशित: १८ वैशाख २०८१ १९:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App