९ आश्विन २०८१ बुधबार
image/svg+xml

निकेश तामाङले जिते विद्यालय स्तरीय गायन प्रतियोगिताको उपाधि

सरस्वती विद्यागृह मा.विका छात्र निकेश तामाङले सामुदायिक विद्यालय स्तरीय गायन प्रतियोगिता –२०८०को उपाधी जितेका छन।

प्रदेशस्तरीय मदरल्याण्ड फुटसल प्रतियोगिताको उपाधि पायोनियरलाई

प्रदेशस्तरीय मदरल्याण्ड फुटसल प्रतियोगिताको उपाधि स्याङजाको पायोनियर स्कुलले जितेको छ। पोखराको एसओएस स्कुललाई फाइनल खेलमा १–० गोलले पराजित गर्दै पायोनियरले उपाधि जितेको हो।

तीन टोलीलाई बिएमसिए कप

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।

बिएमसिए र पृथ्वी सेमिफाइनलमा

आयोजक बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसिए) र पृथ्वी बिहीबार प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सुरु

नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनसीप आजदेखि सुरु भएको छ। उक्त प्रतियोगिता नेपाल–भारतमैत्री धर्मशाला तिलगङ्गामा आजदेखि सुरु भएको हो।

इटहरीमा मुख्यमन्त्री महिला भलिवल प्रतियोगिता हुँदै

इटहरीमा मुख्यमन्त्री कप राष्ट्रिय महिला रात्रीकालीन भलिबल प्रतियोगिता हुने भएको छ ।महिला भलिवल प्रतियोगिता यही जेठ २९ गतेदेखि ३२ गतेसम्म हुनेछ ।

राइजिङ स्टार टेनिस प्रतियोगिता हुने

सर्वाधिक पुरस्कार राशीको राइजिङ स्टार ओपन टेनिस प्रतियोगिता आयोजना हुने भएको छ। राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा जेठ २७ गतेदेखि असार २ गतेसम्म ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता आयोजना हुने भएको हो।

शुक्रबारदेखि कुराँश प्रतियोगिता

दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता आगामी शुक्रबारदेखि हुने भएको छ। नेपाल कुराँश संघको आयोजनामा आगामी जेठ २६ देखि २८ गतेसम्म दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता हुन लागेको हो।

शुक्रबारदेखि दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता हुने

दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता आगामी शुक्रबारदेखि हुने भएको छ।

भक्तपुरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।ओम सृजनशील समाजको आयोजनामा उक्त प्रतियोगिता जेठ २७ गतेदेखि सञ्चालन हुनेछ।

बीएमसीए बास्केटबलमा ५३ टिम

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) को आयोजनामा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ।

खड्गीलाई भेट्रानतर्फ स्वर्ण

रिभाइभ हेल्थ क्लबका सुमन खड्गीले आइतबार विन्ध्यवासिनी मास्टर्स खुला टेबल टेनिस प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्सतर्फ स्वर्ण जितेका छन्।

प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगिता शुरु

प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगिता शुरु भएको छ। प्रतियोगिता अन्र्तगत पहिलो दिन चन्द्रागिरी नगरपालिका, काठमाडौं महानगरपालिका र कागेश्गरी नगरपालिकाले विजयी शुरुवात गरेका छन्।

विन्ध्यवासिनी मास्टर्स खुल्ला टेबलटेनिस :त्रिशालाई स्वर्ण

त्रिशा गुरुङले विन्ध्यवासिनी मास्टर्स खुल्ला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा स्वर्ण पदक जितेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्