१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

तीन टोलीलाई बिएमसिए कप

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।

ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बने। बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसिए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३५–३४ को झीनो अन्तरले पराजित गर्‍यो।

ग्रिनल्यान्डका प्रवीण गुरुङले १५ अंक जोडे। बूढानीलकण्ठस्थित रुद्रेश्वर हाइटमा भएको सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले पृथ्वीलाई ३१-२२ ले हरायो। भ्याली पब्लिककी अनिता गुरुङले ११ अंक जोडिन्।

जुनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले किङडम हिमालयनलाई ३२-२२ ले पाखा लगायो।  

प्रकाशित: २८ जेष्ठ २०८० ०१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App