६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

निकेश तामाङले जिते विद्यालय स्तरीय गायन प्रतियोगिताको उपाधि

सरस्वती विद्यागृह मा.विका छात्र निकेश तामाङले सामुदायिक विद्यालय स्तरीय गायन प्रतियोगिता –२०८०को उपाधी जितेका छन।

भक्तपुरको वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा भएको उक्त प्रतियोगितामा सरस्वती विद्यागृह मा.विकै लंकबहादुर हमाल उपविजेता भएका छन ।

वागीश्वरी माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न उक्त प्रतियोगितामा भक्तपुर नगर पालिका वडा नं ९मा रहेको सामुदायिक विद्यालयहरु सरस्वती विद्यागृह मा.वि., दत्तात्रय आ.वि. र वागीश्वरी मा.वि.का विद्यार्थीहरुले भाग लिएका थिए ।

प्रतियोगिताले सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको गुणस्तर वृद्धि गर्नका लागि यस्ता व्यक्तित्व विकासका प्रतियोगिता आगामी दिनहरुमा पनि निरन्तर भैरहनुपर्ने बताइएको छ ।

एघार वटा गायन रहेको उक्त प्रतियोगितामा तीनैवटा विद्यालयका तीन जना निर्णयकहरु निर्णायक मण्डलमा रहेका थिए । विषेश गरी चार विषयवस्तुः स्वर तथा सुर, शब्द उचाहरण, संगितमा ताल र गीतको चयनमा आधारित भएर निर्णय भएको थियो ।

प्रतियोगिताका विजेता निकेश तामाङले आनिछोइङ डोल्माको फूलको आँखामा फूलै संसार वोलको गीत गाएका थिए भने उपविजेता लंकबहादुर हमालले माछी मार्न जाउँन दाजै वोलको गीत गाएका थिए ।  

प्रकाशित: १ असार २०८० ०९:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App