८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

बीएमसीए बास्केटबलमा ५३ टिम

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) को आयोजनामा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ।

 प्रतियोगितामा ५३ टिमको सहभागिता रहने एकेडेमीका प्रधानाध्यापक मोहनप्रसाद भट्टले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सिनियर ब्वाइजमा २७, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १० टिम सहभागी हुने छन् । सिनियर ब्वाइजलाई ८ समूह, सिनियर गल्र्सलाई ४ समूह र जुनियर ब्वाइजलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ।

तीनै विधाका विजेताले १५ हजार तथा उपविजेताले १० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् । व्यक्तिगत विधातर्फ मोस्ट भेलुएबल प्लेयर’, उत्कृष्ट थ्री प्वाइन्टर’ र सर्वाधिक स्कोरकर्तालाई पुरस्कार गरिने छ।

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीदेवी तामाङले खेलकुदमा पहिलो प्रयास स्वरुप विद्यालयले बास्केटबल प्रतियोगिता आयोजना गरेको बताउदै आगामी दिनमा पनि प्रतियोगिताले निरन्तरता पाउनु पर्नेमा जोड दिइन्।

बूढानीलकण्ठ नगरपालिकाका पूर्व मेयर एवं एकेडेमीका गुठियार उद्धवप्रसाद खरेलले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न स्थानिय सरकारको पनि सहयोग हुने विश्वास व्यक्त गरे।प्रतियोगिताका खेलहरु बूढानीलकण्ठ नगरपालिका २, रुद्रेश्वर हाइटस्थित आयोजकको कोर्टमा खेलाइने छ । एघारदिने प्रतियोगितामा जम्मा १ सय १० खेल हुनेछ।

प्रकाशित: १६ जेष्ठ २०८० ०८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App