आयोजक बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसिए) र पृथ्वी बिहीबार प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
बिएमसिए सिनियर ब्वाइज तथा पृथ्वी गर्ल्समा सेमिफाइनल पुगेका हुन्। सिनियर ब्वाइजमा बिएमसिएले ग्राम शिक्षालाई ३६–१९ ले पराजित गर्यो। विजयी टोलीका लागि पारस गुरुङले ११ अंक जोडे। गर्ल्समा पृथ्वीले टेरेसा एकेडेमीलाई ४१–३० ले हरायो। पृथ्वीकी बबिता घिमिरेले १९ अंक बटुलिन्। सिनियर ब्वाइजमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ३६–२५ ले, ग्रिनल्यान्डले एचएचसिएलाई ५५–४८ तथा सेन्ट जोसेफले गोल्डेनपिकलाई ४६–४२ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे।
भ्याली पब्लिकका सुनिल पौडेलले १४, ग्रिनल्यान्डका प्रवीण गुरुङले १९ र सेन्ट जोसेफका सुविन तामाङले १४ अंक जोडे। गल्र्समा भ्याली पब्लिकले साइपाल एकेडेमीलाई ३३–२१, एचएचसिएले बिएमसिएलाई २७–२२ तथा हिमालयन किङ्डमले ग्रिनल्यान्डलाई ३५–३२ ले पन्छाउँदै सेमिफाइनलमा स्थान बनाए।
प्रकाशित: २६ जेष्ठ २०८० ०१:२७ शुक्रबार