९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

शुक्रबारदेखि दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता हुने

दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता आगामी शुक्रबारदेखि हुने भएको छ।  

नेपाल कुराँश संघको आयोजनामा आगामी जेठ २६ देखि २८ गतेसम्म दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता हुन लागेको हो। प्रतियोगिता कोशी प्रदेशस्थित सुनसरीको धरानमा हुँदै छ। पुरूष र महिला दुवैमा जुनियर र सिनियर गरी कुल चार विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक जीवन राईले जानकारी दिए। अन्तराष्ट्रिय कुराँश महासंघका कार्यवाहक टेक्निकल डाइरेक्टर रवि कपुर प्राविधिक सहयोग र प्रतियोगिता अवलोकन गर्न नेपाल आउने संघले जानकारी दिएको छ।

महिला जुनियरतर्फ ३६ केजीमुनि, ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि र ६३ केजीमाथि प्रतिस्पर्धा हुनेछ।  

महिलाकै सिनियरमा ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि प्रतिस्पर्धा हुनेछ। पुरूष जुनियरमा भने सात तौलसमूहमा प्रतिस्पर्धा हुने भएको छ। जसअन्तर्गत २५ केजीमुनि, ३० केजीमुनी, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि र ५० केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

पुरूषको सिनियरमा ४० केजीमुनि, ४४ केजीमुनि, ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजी मुनि, ६३ केजीमुनि, ७३ केजीमुनि र ७३ केजीमाथि तौलसमूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। तीनदिने प्रतियोगितामा कुल एक सय खेलाडीले कुल ३१ स्वर्ण पदकका लागि चुनौती प्रस्तुत गर्दैछन्। प्रतियोगितामा तीन विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिससहित सात प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल कुराँश संघले जनाएको छ। प्रतियोगितामा करिब २० लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ।

प्रकाशित: २२ जेष्ठ २०८० ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App