१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगिता शुरु

प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगिता शुरु भएको छ। प्रतियोगिता अन्र्तगत पहिलो दिन चन्द्रागिरी नगरपालिका, काठमाडौं महानगरपालिका र कागेश्गरी नगरपालिकाले विजयी शुरुवात गरेका छन्।

चमती खेलकुद पार्क संरक्षण समितको आयोजना र अखिल नेपाल कबड्डी संघको प्राविधिक  सहयोगमा आयोजना भएको प्रतियोगितामा पहिलो दिन आज चन्द्रागिरी नगरपालिकाले शंखरापुर नगरपालिकालाई ४४–२८ को स्कोर पराजित गर्दा, काठमाडौं महानगरपालिकाले  गोकर्णेश्वर नगरपालिकालाई ४१–१५ तथा कागेश्वरी नगरपालिकाले टोखा नगरपालिकालाई ५८–३२ स्कोरले पराजित गर्दै विजयी शुरुवात गरेका हुन्।

काठमाडौं महानगरपालिको सामाजिक विभागको आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा काठमाडौं जिल्ला भित्रका कुल ६ नगर तथा एक क्लवले सहभागिता जनाएका छन्। तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा आईतवार तीन खेल हुनेछन्। सेमिफाइनल र फाइनल खेल सोमवार हुनेछन्। प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले समान ५/५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक भगवान प्रजापतीले जानकारी दिए। यस्तै उत्कृष्ट रेडेर र क्याटरलाई ट्रफी प्रदान गरिनेछ। 

प्रकाशित: १३ जेष्ठ २०८० १३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App