१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

इटहरीमा मुख्यमन्त्री महिला भलिवल प्रतियोगिता हुँदै

इटहरीमा मुख्यमन्त्री कप राष्ट्रिय महिला रात्रीकालीन भलिबल प्रतियोगिता हुने भएको छ ।महिला भलिवल प्रतियोगिता यही जेठ २९ गतेदेखि ३२ गतेसम्म हुनेछ ।

प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रतियोगिता हुन लागेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिताको विजेताले नगद तीन लाख रुपैयाँ प्राप्त गर्नेछ।उपविजेता टीमले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ।विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ ।

जसमा सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार रुपैयाँ प्रदान गरिनेछ।यस्तै उत्कृष्ट विधाहरु अन्तर्गत बेष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र डिफेण्डरलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगितामा तीन विभागीय सहित ६ टिमको सहभागिता रहनेछ। आयोजक प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेका अनुसार प्रतियोगिता सञ्चालनका लागि २५ लाख रुपैयाँ खर्च हुनेछ।प्रतियोगितामा प्रत्येक टिमका १२ खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक गरी १४ जनालाई यातायात खर्च र नियम अनुसार दैनिक भ्रमणभक्ता उपलब्ध गराइनेछ ।

अत्याधिक गर्मीको मौसम रहेकाले प्रतियोगिता रातिको समयमा आयोजना गर्न लागिएको सुनसरी जिल्ला भलिबल संघका अध्यक्ष बिक्रमबाबु थापाले बताए ।

प्रकाशित: २५ जेष्ठ २०८० १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App