१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

गुल्मीमा पहिरोले पुरिदा पाँच जनाको ज्यान गयो

अविरल वर्षासंगै आएको पहिरोले घर पुरिदा गुल्मीमा पाँच जनाको ज्यान गएको छ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६, अर्जे स्थित भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

पहिरोमा पुरिएर ५६ वर्षीय भेषबहादुर, उनकी ४८ वर्षीय श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता विक, नातिनीहरू ८ वर्षिय सपना विक र ८ महिनाकी विपना बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताए।

राती कति बेला पहिरो खस्यो भन्ने जानकारी नभएको र बिहान ७ बजे मात्र गाउँलेले देखेपछी उद्दारमा खटिएको वडाध्यक्ष दिपक भण्डारीले बताए। 

स्थानीयको सहयोगमा प्रहरीले उनीहरुलाई पहिरोबाट निकालेको भएपनी उनीहरुको घटनास्थलमै ज्यान गईसकेको थियो। ढुंगा र माटोले बनेको दुई तले घर पहिरोले पुरिएको हो। 

प्रकाशित: १५ असार २०८१ ११:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App