८ आश्विन २०८१ मंगलबार
image/svg+xml

आहारारा गोल्डकपः मनाङ सडक डेथको शिकार, जावलाखेल सेमिफाइनलमा

आहारारा गोल्डकप फुटबल प्रतियोगितामा सफल र बलियो टिम मानिने मनाङ मर्स्याङदी क्लवलाई सडन डेथको शिकार बनाउँदै जावलाखेल युथ क्लव पोखरामा जारि प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। टाइब्रेकरमा मनाङका रणदिप पौडेलको नवौं पेनाल्टीलाई जावलाखेलका गोरलक्षक उनेश चौधरीले रोक्दा जावलाखेलले सेमिफाइनल यात्रा पक्का गरेको हो।

प्रधानमन्त्री कप क्रिकेटः आज सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने

सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ।

राखेपको ‘मिसन २०२६’ सुरु

अन्तर्राष्ट्रिय प्रतियोगितामा सुखद नतिजा ल्याउने उद्देश्य लिँदै नेपाली खेलकुदमा पहिलो पटक लामो तयारी गरिने भएको छ।

कर्णालीविरुद्ध विनोद भण्डारीको शतक

कप्तान विनोद भण्डारीको शतकप्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पाँचौं जित निकाल्दै फाइनल खेल्ने सम्भावना कायमै राखेकोे छ ।

आहारारा गोल्डकपः संकटालाई हराउँदै आर्मी सेमिफाइनलमा

दिनेश हेमजनको दुई गोल मद्दतमा साविक विजेता संकटा एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लव पोखरामा चलिरहेको आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी र बागमती तथा एपिएफ क्लब र गण्डकीबीच खेल जारी

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल भइरहेका छन्।

टेनिसको सर्किट-१ सोमबारदेखि

नेपाल टेनिस संघको आयोजनामा जे-६० केटिएम जुनियर वर्ल्ड र्‍याङकिङ टेनिस प्रतियोगिताको सर्किट-१ सोमबारदेखि सुरु हुने भएको छ।

प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

नेपालगन्जमा आजदेखि ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ सुरु भएको छ।

राष्ट्रपति रनिङ सिल्डमा २३ स्वर्णसहित पृथ्वी मावि विजयी

खोटाङको केपिलासगढी गाउँपालिकास्तरीय ‘अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ०८०’ को उपाधि पृथ्वी मावि बाक्सिलाले चुमेको छ।

विभागीय डर्बीमा आर्मीलाई सफलता

बाग्मतीले दिएको एक सय ९९ रनको लक्ष्य गण्डकीले निर्धारित ५० ओभर सकिन तीन बल बाँकी छँदा सात विकेट गुमाउँदै पूरा गर्‍यो। गण्डकीका करण पंगेनीले ७९ रन जोड्दै जितको आधार तय गरे।

२३ औँ संस्करणको आहा–रारा गोल्डकपः आज सहारा र थ्रीस्टार भिड्दै

सहारा क्लब पोखराको आयोजनामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।

आहा–रारा गोल्डकपको पहिलो खेलमा सहारा र थ्रीस्टार भिड्दै

आहा-रारा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि शुरु हुँदैछ। सहारा क्लव पोखराको आयोजनामा माघ २० गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको छ।

मह खाने प्रतियोगिता: ३०० ग्राम मह खाएर लामिछाने प्रथम

सुन्दा अनौठो लाग्न सक्छ, दुुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका ३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ।

आहा–रारा पोखरा गोल्डकपः उद्घाटनमा आयोजक सहारा र थ्रीस्टार भिड्ने

पोखराको प्रतिष्ठित आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिको तयारी अन्तिम चरणमा पुगेको छ। सहारा क्लव पोखराको आयोजनामा आगामि मंगलबारदेखि २० गतेसम्म चल्ने प्रतियोगिताको २३ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

हरिशंकरको अलराउन्ड प्रदर्शन

मधेसले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३२ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जबाफी ब्याटिङ गरेको कर्णाली ४१.१ ओभरमा १७० रनमै अलआउट भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्