२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

नेपालगन्जमा आजदेखि ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ सुरु भएको छ। करिब २५ वर्षपछि नेपालगन्जमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता गरिएको हो। यसअघि नेपालगन्जमा २०५५ सालमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता भएको थियो।

बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापाले प्रतियोगितामा देशभरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियसहित २ सय ५० जना खेलाडी सहभागी छन्। प्रतियोगितामा अम्पायर ११, लाइनजज २५, म्याच रेफ्री २ र प्राविधिक निर्देशक एकजनाको सहभागिता रहेको थापाले जानकारी दिए।

पछिल्ला वर्षमा खेलाडीको उपस्थिति कम हँुदै गएपछि नयाँ पुस्ताका खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपालगन्जमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिएको संघका वरिष्ठ उपाध्यक्ष मिनबहादुर मल्लले बताए।

माघ १३ सम्म चल्ने प्रतियोगितामा पाँचवटा विधा राखिएका छन्, जसमा पुरुष एकल खुला, पुरुष युगल, महिला एकल, पुरुष युगल ‘बी लेभल’ र ४५ प्लस भेट्रान्स डबल्स रहेका छन्। प्रतियोगिताका विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कारको व्यवस्था गरिएको संघले जनाएको छ।

बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा नेपालगन्ज रंगशालास्थित कवर्ड हलमा सुरु भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश खेलकुद परिषद्का (सदस्य सचिव) जयप्रकाश भट्टराईले गरेका थिए।

प्रकाशित: ११ माघ २०८० ०७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App