१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

आहारारा गोल्डकपः संकटालाई हराउँदै आर्मी सेमिफाइनलमा

संकटा विरुद्ध दोश्रो गोल गरेपछि हौसिँदै आर्मीका दिनेश हेमजन । तस्बिरः उमेश पुन

दिनेश हेमजनको दुई गोल मद्दतमा साविक विजेता संकटा एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लव पोखरामा चलिरहेको आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।  

खेलको ४५ औं मिनेटमा आर्मीले गोल गरेर टिमलाई अग्रता दिलाएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा आर्मीका कप्तान भरत खवासले दायाँ साइडबाट दिएको क्रसमा अनमार्क जिलेस्पी जंग कार्कीले हेड मार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। साविक विजेता संकटा पहिलो हाफमा १–० ले पछि परेको थियो।  

दोश्रो हाफको सुरुवाती समयमै आर्मीले पेनाल्टीमार्फत गोल गर्ने मौका पाउँदै अन्तर फराकिलो बनाउँदा संकटामाथि थप दवाव परेको थियो। खेलको ४८ औं मिनेटमा आर्मीका दिनेश हेम्जनले हानेको प्रहार रोक्ने क्रममा संकटाका कुलदिप कार्कीले ह्याण्ड गरेपछि आर्मीले पेनाल्टी पाएको थियो। खेलको ४९ मिनेटमा उनै हेम्जनले पेनाल्टी मार्फत गोल गर्दै आर्मीको अग्रता दोब्बर पारेका थिए। हेमजनको टिमका लागि दोश्रो र व्यक्तिगत पहिलो गोल थियो।  

आर्मीको अग्रता निरन्तर रहँदै खेलको ७६ मिनेटमा गोल अन्तर बढाएर जित सुनिश्चित जस्तै पारेको थियो। उनै दिनेश हेम्जनले व्यक्तिगत दोश्रो तथा टिमका लागि तेश्रो गोल गर्दै आर्मीलाई ३–० को अग्रता दिलाउँदै जित सुनिश्चित गरेका थिए। हेम्जनले जिलेस्पी जंग कार्कीको पासमा गोल गरेका थिए। दुइगोल गरेका दिनेश हेमजन नै आइतबारको खेलमा म्यान अफ दी म्याच बने।

विजेता आर्मीले अब नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडको विजेतासँग खेल्नेछ। साविक विजेता संकटा पहिलो खेलमै पराजित हुँदै बाहिरिएको छ। संकटा बाइ पाएर सीधै क्वार्टरफाइनल प्रवेश गरेको थियो। विभागीय टोली नेपाल आर्मी आहा रारामा नवप्रवेशी टिम राइजिङ स्टारलाई पराजित गर्दै अन्तिम आठमा पुगेको थियो। सोमबार जाउलाखेल युथ क्लव र मनाङ मस्र्याङदी बीच खेल हुनेछ।  

प्रकाशित: १४ माघ २०८० ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App