३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

टेनिसको सर्किट-१ सोमबारदेखि

नेपाल टेनिस संघको आयोजनामा जे–६० केटिएम जुनियर वर्ल्ड र्‍याङकिङ टेनिस प्रतियोगिताको सर्किट–१ सोमबारदेखि सुरु हुने भएको छ। प्रतियोगितामा नेपालसहित १५ राष्ट्रको सहभागिता रहने आयोजक संघका सदस्यसमेत रहेका प्रतियोगिताका निर्देशक अजय विष्टले जनाएका छन्।

सर्किट–१ को मुख्य ‘ड्र’ का लागि शनिबार र आइतबार छनोट चरणका खेल हुनेछन्। छनोट चरणमा ब्वाइजतर्फ ६४ र गर्ल्समा ५२ खेलाडीको सहभागिता रहनेछ। छनोट चरणबाट ब्वाइज/गर्ल्समा समान ३२–३२ खेलाडी मुख्य ‘ड्र’ मा प्रवेश गर्नेछन्। ब्वाइज/ गर्ल्स सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुनेछ।  

प्रकाशित: १३ माघ २०८० ०३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App