२३ आश्विन २०८१ बुधबार
image/svg+xml

माओवादीद्वारा संसद बैठक अवरुद्ध

नेकपा माओवादी केन्द्रका सांसदहरूले प्रदेश १ को संसद अवरुद्ध पारेका छन्। सोमबारको बैठक सुरू भए लगत्तै माओवादी केन्द्रका सांसदहरूले उठेर बैठक अवरुद्ध पारेका थिए।

माओवादी केन्द्र परित्याग गर्ने १४ जनप्रतिनिधिको पद रिक्त, काे-काे परे ?

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) परित्याग गर्ने तीन प्रमुख, छ उपप्रमुखसहित १४ स्थानीय तहका पदाधिकारीको पद गुमेको छ।

माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैध : प्रभु साह

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र अध्यक्ष दुबै नियम र संगतले नमिलेकाले अवैध रहेको नेकपा नेता तथा पूर्वमन्त्री प्रभु साहले बताएका छन्।

देशलाई दुर्घटनामा जान दिइने छैन: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन्।

लुम्बिनी प्रदेशः सकसमा एमाले, माओवादी सांसदलाई स्पष्टीकरण

‘एमालेका कार्यक्रमहरुमा सहभागी भएको, जिल्ला कमिटी बैठकमा समेत सहभागी भएको र सूर्य चिन्हबाट चुनाव लडेको भन्दै मलाई एमालेको सांसद दाबी गरियो,’ सांसद बिमलाले भनिन्, ‘मलाई तीन दिनको स्पष्टीकरण सोधिएको थियो, त्यो अवधि शुक्रबार सकिएको छ, तर मैले स्पष्टीकरण बुझाएको छैन ।’

माओवादी केन्द्रद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

नेता लीलामणि पोखरेलले एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई पदमुक्त नगरिएको भन्दै आयोगको ध्यानाकर्षण गराएको जानकारी दिए।

नेपाल र देउवासँग प्रचण्डको भेटघाट

सोमबार दिउँसो नेकपा एमालेका नेता माधवकुमार नेपालसँग भेट गरेका उनले केही समयमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत भेट गरेका छन् ।

मेरो कारण एकताको प्रयास सफल नभएको भन्ने ओलीको भनाइ षड्यन्त्रपूर्ण: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो कारण नेकपाको एकता टुटेको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिको निन्दा गरेका छन्।

अध्यक्ष ओलीद्वारा शाहसँग ४८ घण्टे स्पष्टीकरण माग

पार्टी निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा(माओवादी केन्द्र) नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन्।

२०७८/०७९ बजेट: माओवादी आधार इलाका निरुत्साहित

शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटले माओवादी आधार इलाका मानिने जिल्ला निरुत्साहित भएका छन् ।

अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैनः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने बताएका छन्।

गोली लागेर घाईते भएका माओवादी केन्द्रका नेताको मृत्यु

गोली लागेर घाईते भएका माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ। गत जेठ ५ गते राति उनीमाथि २ वटा गोली प्रहार भएको थियो।

आज भएन मुद्दा दर्ता : प्रचण्डद्वारा आफ्नो पक्षमा सांसद थपिएको जिकिर

नयाँ बानेश्वरको संसद भवनमा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले भने, ‘कोही कन्फ्युजनमा नपर्नु होला, अस्ति १४९ मा हस्ताक्षर नगर्नेमा केही सांसद थपिनु भएको छ, घट्नु भएको छैन।’ उनले सो बताए पनि कोको सांसद थपे खुलाएका छैनन्।

राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय

नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिएको जनाउँदै त्यसविरुद्ध राजनीतिक एवम् कानूनी उपचार खोज्ने भएको छ।

प्रतिनिधिसभा विघटन अराजनीतिकः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठन हुने अवस्था कायम रहेको जिकिर गर्दै प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएकामा आपत्ति जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्