१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आज भएन मुद्दा दर्ता : प्रचण्डद्वारा आफ्नो पक्षमा सांसद थपिएको जिकिर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पक्षमा सांसद थपिएको जिकिर गरेका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध आज अदालत जानका लागि सांसदहरुको हस्ताक्षर संकलनको क्रममा उनले सो बताएका हुन्।

नयाँ बानेश्वरको संसद भवनमा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले भने, ‘कोही कन्फ्युजनमा नपर्नु होला, अस्ति १४९ मा  हस्ताक्षर नगर्नेमा केही सांसद थपिनु भएको छ, घट्नु भएको छैन।’ उनले सो बताए पनि कोको सांसद थपे खुलाएका छैनन्।

उनले आजै सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी  भए पनि रिटको ड्राफ्ट तयार नभएको कारण आज दायर गर्ने भनेको मुद्दा भोलि हुने पनि बताए। ‘रिटको ड्राफट बेलकासम्म सकिन्छ । हामी फिजिकली नै बहुमत उपस्थित भएर भोलि फ्रस्ट आवरमा अदालतमा जान्छौं।  

उनले रिट निवेदनमा हस्ताक्षर गर्नेको नागरिकताको प्रतिलिपि र अन्य कागजात जुटाउँदा आज रिट दायर गर्न ढिला भएको पनि बताए। ‘आजै जाने विचार थियो, तर तीन बजिसक्यो, भोलि बिहान फ्रस्ट आवरमा अदालत जान्छौं,’ उनले भने।

प्रकाशित: ९ जेष्ठ २०७८ ०९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App