२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सिसिएमसी खारेज गर्न माओवादीकाे माग

सरकार कोभिड–१९ लगायतको स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचारमा लिप्त भएको, कोरोना नियन्त्रणमा असफल भएको सिसिएमसी खारेज गर्नुपर्ने जस्ता विषय समेटेर भोलि ज्ञापनपत्र बुझाउने भएको हो।

माओवादी केन्द्रले भन्योः सीसीएमसीको काम छैन, यसलाई खारेज गरौँ

'सीसीएमसीले काम गर्न सकेन, त्यसलाई संविधानले कानूनले पनि चिन्दैन। प्रधानमन्त्रीको नेतृत्वको विपद् व्यवस्थापन समिति या गृहमन्त्रीको नेतृत्वमा रहेको विपद् व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्छ', उनले भने।

माओवादी केन्द्रले पनि आइसोलेसन बनाउन पार्टी कार्यालय दिने

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले गोरखा नगरपालिका ६ स्थित पाटेचौरमा रहेको पार्टी कार्यालय भबन आइसोलेसन बनाउन दिने निर्णय गरेको छ ।

कोरोना नियन्त्रणका लागि सबै एक हुनुपर्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन्।

आफैले विघटन गरेको संसदबाट कुन नैतिकताले विश्वास मतः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको आन्तरिक विषयलाई सिंगो देश र समाजलाई आक्रान्त हुने गरी संसद विघटन गर्ने प्रधानमन्त्रीले विश्वासको मत लिने नैतिकता समेत गुमाएको बताएका छन्।

ओलीलाई असफल पार्न देउवा–दाहाल सहमति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल बनाउने समझदारी भएको छ ।

माओवादीको नाडी छाम्दै ओली

सार्वजनिक रूपमा राजीनामा माग्ने तर संसद्मा अविश्वासको प्रस्ताव पनि नलैजाने गरेकाले माओवादीसँग क्रुद्ध ओलीले त्यस दलका नेताहरूलाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेका छन्।

लुम्बिनी प्रदेशको घट्नाप्रति माओवादी केन्द्रको ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलमाथि राखिएको अविश्वासको प्रस्ताव, विशेष अधिवेशनको आह्वान, मुख्यमन्त्रीको राजीनामा तथा अल्पमतमा रहेका पोख्रेललाई बहुमत प्राप्त दलको नेताको हैसियतमा गराइएको मुख्यमन्त्रीको नियुक्तिप्रति ध्यानाकर्षण भएको जनाएका छन्।

लुम्बिनी प्रदेशः सांसद विमला खत्री माओवादीमा प्रवेश, पोखरेल अल्पमतमा

लुम्बिनी प्रदेशमा एमालेको एकल सरकार गठन गर्ने योजनामा रहेका मुख्यमन्त्री शंकर पोखरेल थप संकटमा परेका छन्। प्रदेश सभा सदस्य विमला खत्री माओवादीमा प्रवेश गरेपछि पोखरेल अल्पमतमा परेका छन्।

माओवादीले जसपालाई पर्खने

मंगलबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि जनता समाजवादी पार्टी (जसपा)को निर्णय कुर्ने निर्णय गरेको हो। बैठकले जसपा तयार नभएसम्म अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार नभएकाले जसपाको निर्णय कुर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

माओवादी केन्द्र समावेशी हुने, यसरी भयो कोटा बाँडफाँट

नेकपा (माओवादी केन्द्र) ले आफ्नो सबै समिति तत्काल समावेशी रुपमा गठन गर्ने भएको छ।

सरकारलाई माओवादी केन्द्रको चेतावनीः कोराेनालाई राजनीतिक उद्देश्य पूरा गर्ने हतियार बनाउने प्रयत्न नगर्नू

नेकपा माओवादी केन्द्रले कोभिड १९ लाई आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने हतियार बनाउने प्रयत्न नगर्न सरकारलाई चेतावनी दिएको छ।

माओवादी केन्द्रको विद्यार्थी संगठनमा जिम्मेवारी हेरफेर

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ। एमालेसँगको पार्टी एकता भंग भएपछि पहिलोपटक बसेको क्रान्तिकारीको केन्द्रीय समितिको विस्तारित बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो।

अग्रगामी शक्ति एकताबद्ध हुनपर्नेमा अध्यक्ष दाहालको जोड

लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले देशको आर्थिक विकास र संविधानको रक्षाका लागि प्रतिगमनविरोधी शक्ति एकजुट हुनुपर्ने बताएका हुन्।

‘सरकारलाई समर्थन छैन’

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर प्रतिगमनविरुद्ध लागेका शक्तिहरू मिलेर नयाँ सरकार बनाउने विषयमा छलफल भइरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्