coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशः सांसद विमला खत्री माओवादीमा प्रवेश, पोखरेल अल्पमतमा

लुम्बिनी प्रदेशमा एमालेको एकल सरकार गठन गर्ने योजनामा रहेका मुख्यमन्त्री शंकर पोखरेल थप संकटमा परेका छन्। प्रदेश सभा सदस्य विमला खत्री माओवादीमा प्रवेश गरेपछि पोखरेल अल्पमतमा परेका छन्। 

खत्री तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट प्रदेश सभा सदस्यको उपनिर्वाचनमा बिजयी भएकी थिइन्। खत्री स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन्। उत्तरकुमार भने एमालेबाट निर्वाचित भएका थिए। सवारी दुर्घटनामा उत्तरकुमारको निधन भएपछि भएको उपनिर्वाचनमा खत्री नेकपाबाट विजयी भएकी थिइन्। खत्रीले नेकपा हाल नरहेको अवस्थामा आफू माओवादी केन्द्रमा प्रवेश गर्ने निर्णय लिएको उल्लेख गरेकी छिन्।  

एमाले निकट उनी माओवादीमा प्रवेश गरेपछि सांसदमा अब एमालेको मत ४० मा झरेको छ। बहुमत पुग्नका लागि ४१ मत चाहिन्छ। यता मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव गरेको समूह पनि ४० मतको शक्तिमा पुगेको छ। प्रदेश सभाका सभामुख माओवादीबाटै निर्वाचित भएकाले सभामुखको निर्णायक मत मुख्यमन्त्रीविरुद्ध नै जाने छ। यसोभए मुख्यमन्त्रीविरुद्ध बहुमत अर्थात् ४१ मत पुग्ने छ।

प्रकाशित: १९ वैशाख २०७८ ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App