१० मंसिर २०८१ सोमबार
image/svg+xml

अक्सिजनसहित स्वास्थ्य सामग्रीमा कर छुटको निर्णय

सरकारले अक्सिजनसहितका विभिन्न स्वास्थ्य साामग्रीमा कर छुट दिने भएको छ। स्वास्थ्य मन्त्रालयले कोभिड १९ को महामारीबाट संक्रमति बिरामीहरुको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने अक्सिजनलगायत विभिन्न १० स्वास्थ्य सामग्रीमा छुट दिने निर्णय भएको जनाएको छ।

कवाडी कर उठाउने निर्णयमा आपत्ति

नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर गुर्जुधारामा ढाट राखी कर उठाउन सुरु गरेपछि कवाड समाजको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतले दिएको आदेशविपरीत कर उठाउन सुरु गरेको विषय गम्भीर रहेको भन्दै समाजले अदालतको आदेश अन्तर्गत रहेर निर्णय गर्नसमेत आग्रह गरेको छ।

फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय रोक्न सर्वोच्चको आदेश

नगर कार्यपालिकाको बैठकले अहिले सञ्चालनमा रहेको नगरकार्यपालिकाको कार्यालय फलेवास–५ कै झकलकमा सार्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध परेको रिटमा बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले उक्त निर्णयलाई रोक्का गर्न आदेश दिएको हो।

ललिता निवास प्रकरण: मन्त्रिपरिषद् निर्णय झिकाउन आदेश

पछिल्लो समयमा मन्त्री र सचिवस्तरीय निर्णयबाटै हुने निर्णय पनि मन्त्रिपरिषद्बाट गर्ने प्रचलन बढ्दै गएका बेला सोमबार न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले ललिता निवास सरकारी जग्गा व्यक्तिका नाममा बनाउनुअघि गरिएका मन्त्रिपरिषद्का निर्णय झिकाउने आदेश गरेको हो।

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमालेको संसदीय दलको बैठकले माओवादीबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो।

बन्दीको कैद समय छुट दिने सरकारको निर्णय

सरकारले शुक्रबार प्रजातन्त्र दिवसका अवसरमा कारागारमा रहेका बन्दीको कैद समय छुट दिने भएको छ।

माघ ३० गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णय

सरकारले यहि माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो।

फास्ट ट्र्याक प्रकरणः सेनाका धेरै निर्णय विवादमा

काठमाडौं–निजगढ द्रुत मार्ग- फास्ट ट्र्याकमा सेनाले गरेको काम एकपछि अर्को विवादमा तानिन थालेको छ। सरकारले यो सडक बनाउन नेपाली सेनालाई जिम्मा दिएको थियो।

प्रदेश सरकारः कांग्रेसले नीतिगत निर्णय लिने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण केन्द्रदेखि प्रदेशसम्म देखिएको अस्थिरतामा नेपाली कांग्रेसले नीतिगत निर्णय गरेर अघि बढ्ने भएको छ।

नेपाल–दाहाल समूहको निर्णयः ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने

नेपाल कम्युनिस्ट पार्टी नेपाल–दाहाल समूहले केपी शर्मा ओलीले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। नेपाल–दाहाल समूहको शुक्रबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी साधारण सदस्यताबाट पनि हटाउने गरी कारबाही प्रक्रिया अगाडि बढाउन स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्ले संघीय संसद राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार राति बसेको बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रीले नै उल्लंघन गरे सरकारको निर्णय

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले चाडपर्वलक्षित सातबुँदे अपिल जारी गरे पनि गण्डकी प्रदेशमा मन्त्रीसहितको टोलीले नै उल्लंघन गरेको छ।

मन्त्रिपरिषद् निर्णयलाई चुनौती

मन्त्रिपरिषद्ले अत्यावश्यक काममाबाहेक नयाँ कर्मचारी भर्ना नगर्ने निर्णय गरे पनि विभिन्न मन्त्रालयले त्यसविपरीतका प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएका छन्। गत वैशाख १४ मा मन्त्रिपरिषद् बैठकले अत्यावश्यक काममाबाहेक कुनै पनि तह र पदमा नयाँ कर्मचारी नियुक्त नगर्ने र दरबन्दी पनि नथप्ने निर्णय गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्