२९ पुस २०८१ सोमबार
image/svg+xml

एकैसाथ प्रकाशित भए प्रेक्षितका चार कृति

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव तथा कवि एवम् समालोचक प्राध्यापक जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’का एकैसाथ चार कृति प्रकाशित भएका छन् । स्रष्टा ‘प्रेक्षित’को ‘आरम्भ’ हाइकु सङ्ग्रह, ‘म, माटो र मुटु’ कविता सङ्ग्रहका साथै ‘काव्य परिशीलन’ र ‘आलोचनात्मक भूमिकाहरू’ नामक दुई पुस्तक समालोचना सङ्ग्रहसहित चार कृति प्रकाशित भएका हुन् ।

बिपीमा दैनिक चार सय बढीको ओपिडीमा उपचार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ओपिडी सेवा सञ्चालनमा ल्याएपछि दैनिक चार सय बढीले उपचार सेवा पाइरहेका छन्। कोरोना भाइरसको संक्रमण फैलिन नदिन ओपिडी सेवा ठप्प भएको र अन्य बिरामीले उपचार नपाउँदा ज्यान गुमाउने खतरा बढेपछि स्वास्थ्य मन्त्रालयले ओपिडी सञ्चालन गर्न निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशनपछि जेठ ६ गतेदेखि प्रतिष्ठानले ओपिडी सेवा सञ्चालनमा ल्याएको हो।

वीपीबाट १८ जना संक्रमित निको भएर घर फर्किए

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १८ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा धरानकी एक महिला हुन् भने १७ जना झापाका हुन्। उनीहरुलाई हिजो सोमबार राति करिब साढे ९ बजे प्रतिष्ठानबाट विदाई गरिएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए।

कर्णाली प्रतिष्ठानबाट पिसिआर परीक्षण सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट स्वाब परीक्षण सुरु भएको छ । पहिलो पटक मुगुको खत्याडमा खटिएका ६ जना स्वास्थ्यकर्मी र एक जना तातोपानी गाउँपालिकाका स्थानीयको स्वाब परीक्षण गरिएको हो । प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेका अनुसार तातोपानीका स्थानीय ४५ दिन अघि भारतबाट आएका थिए ।

प्रज्ञा बृहत नेपाली शब्दकोषमा कोरोनासँग सम्बन्धित नयाँ प्राविधिक शब्दहरु राखिदै

हाल ६० हजार शब्द समेटिएको बृहत नेपाली शब्द कोषलाई अगामी आर्थिक वर्षभित्र डेढ लाख शब्द थपेर प्रज्ञा बृहत नेपाली शब्दकोष प्रकासित हुने

बिपी प्रतिष्ठानमा डा. गिरी

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त उपकुलपति पदमा प्राध्यापक डा. ज्ञानेन्द्र गिरी नियुक्त भएका छन्।

कर्णाली प्रतिष्ठानको चिकित्सक टोली हुम्लामा

हुम्लामा कोरोना भाइरसको शंका उत्पन्न भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको चिकित्सक टोेली हुम्ला पुगेको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा चिकित्सक टोली हुम्ला पुगेको हो। जुम्लाबाट गएको टोलीले हुम्लाको समग्र स्वास्थ्य अवस्थाका बारेमा बुझ्दै कोरोना भाइरसबारे सचेतना फैलाउनेछ।

काेराेना प्रभाव : राष्ट्रिय साहित्य सम्मेलन स्थगित

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले यही फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय साहित्य सम्मेलन स्थगन गरेको छ।

तलब वृद्धिदर निर्धारण गर्न सर्वपक्षीय विज्ञ समिति

सिनेटले जति सक्छौ, त्यति बढाएर खाऊ भनेर स्वीकृति दिएको थियो। त्यसबारे अध्ययन गर्न विज्ञ समिति गठन गर्ने सहमति भएको छ।

बिपी प्रतिष्ठान, पेचिलो बन्दै तलब वृद्धि र बढुवा मुद्दा

उपकुलपति नियुक्ति प्रक्रिया अलमलमा परेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सक तथा कर्मचारीहरूको तलब वृद्धि र बढुवाको विषय पेचिलो बन्दै गएको छ।

भैरव रिसाल पुरस्कृत

युद्धप्रसाद मिश्र प्रतिष्ठानले पत्रकार भैरव रिसाललाई पुरस्कृत गरेको छ। मंगलबार राजधानीमा युद्धप्रसाद मिश्रको ३०औं स्मृतिको अवसरमा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकार भैरव रिसाललाई २१ हजार रुपैयाँसहित युद्धप्रसाद मिश्र पुरस्कारबाट पुरस्कृत गरेका थिए।

मातृभाषा साहित्यमाथि विमर्श

नेपाल प्रज्ञा–प्रतिष्ठानले मातृभाषा साहित्यमाथि विचार गोष्ठीको आयोजना भएको छ। अन्तर्राष्ट्रिय मातृभाषा दिवसको पूर्वसन्ध्यामा मंगलबार राजधानीमा आयाोजित गोष्ठीमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संसारभरका मातृभाषाहरू जोखिममा परेको बताए।

मनाङविरुद्ध आयोजककाे जित

झापाको झिलझिलेमा भएको तेस्रो सताक्षी गोल्डकपको उद्घाटन खेलमा आयोजक सताक्षीधाम स्पोर्टिङ क्लब विजयी भएको छ।

प्रोट्रेट कोर्दै कलाकार

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा शनिबारदेखि ‘कोरौं मुहार चित्र’ शीर्षकको कार्यक्रम सुरु भएको छ। इन्टरनेसनल वाटर कलर सोसाइटी नेपालले कलाकारलाई केन्द्रित गरेर साप्ताहिक रूपमा सञ्चालनमा ल्याएको कार्यक्रमको उद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले गरेका थिए।

चेतना प्रतिष्ठानद्वारा पाँच जना पुरस्कृत

विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई पुरस्कृत गरेको छ। शनिबार प्रतिष्ठानको १५औं वार्षिकोत्सवको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा साहित्य, संस्कृति, पत्रकारिता, समाजसेवा, कलालगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई पुरस्कृत गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्