८ वैशाख २०८१ शनिबार
समाज

बिपी प्रतिष्ठानमा डा. गिरी

धरान – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त उपकुलपति पदमा प्राध्यापक डा. ज्ञानेन्द्र गिरी नियुक्त भएका छन्। प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गिरीलाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकाल संयोजक रहेको समितिले तीन वरिष्ठ चिकित्सकहरूको नाम उपकुलपतिमा सिफारिस गरेको थियो। उनलाई प्रधानमन्त्री ओलीले बुधबार उपकुलपतिमा नियुक्त गरेका थिए। नवनियुक्त उपकुलपति डा. गिरी विराट मेडिकल कलेजका मेडिसन विभाग प्रमुख छन्। उनी मुटुरोग विशेषज्ञ हुन्। डा. गिरीसँगै प्रतिष्ठानका कार्यवाहक उपकुलपति एवं रेक्टर प्रा.डा. गुरु खनाल र बिपीकै मेडिसिन विभाग प्रमुख प्रा.डा. सञ्जीव शर्मालाई सिफारिस गरेको थियो।

प्रतिष्ठानका तत्कालीन उपकुलपति प्राध्यापक डा. राजकुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको रकमसहित रंगेहात पक्राउ गरेर मुद्दा चलाएपछि निलम्बनमा परेका थिए। 

प्रकाशित: २८ चैत्र २०७६ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App