११ मंसिर २०८१ मंगलबार
image/svg+xml

संसद् बोल्ने ठाउँ मात्र भयो, कार्यान्वयन गर्ने ठाउँ हुन सकेन: राठौर

प्रतिनिधि सभा सदस्य किशोरसिंह राठौरले संसद् बोल्ने ठाउँ मात्र भएको तर कार्यान्वयन गर्ने ठाउँ हुन नसकेकाे बताएका छन्।

कांग्रेसमा देउवातन्त्र

दोस्रो पटक सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले पार्टीलाई नयाँ ढंगले सञ्चालन गर्नेछन् र युवा पदाधिकारीले त्यसका लागि थप पहल लिनेछन् भन्ने बुझाइ पनि गलत साबित भएको छ।

टिकटक माथिको प्रतिवन्ध लगाउने निर्णय खारेज गर्न काँग्रेस सहमहामन्त्रीको माग

नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले सरकारले टिकटक प्रतिवन्ध लगाउने निर्णय खारेज गर्नुपर्ने बताएका छन्।

वीपीको विचारमा न्याय र रुपान्तरण छ: सहमहामन्त्री उपाध्याय

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको विचारमा न्याय र रूपान्तरण भएको बताएकी छन्।

महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालको घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले काँग्रेस सहमहामन्त्री एवं संविधान सभा सदस्य महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्।

कांग्रेस सहमहामन्त्रीमाथि राजावादीको खुकुरी

कांग्रेस र उसका भ्रातृ संघसंस्थाले सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाहीको माग गरेका छन्। फरक–फरक विज्ञप्तिमार्फत सांघातिक हमला गर्नेलाई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ।

सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर : ट्रमा सेन्टर

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत रहेका उनको स्वास्थ्य अवस्था स्थिर र चिकित्सकको निगरानीमा सघन उपचार कक्ष(आइसियु)मा उपचार भइरहेको सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा बद्री रिजालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ।

कांग्रेस सहमहामन्त्री यादवलाई आइसियुमा राखेर उपचार गरिँदै

राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै उनलाई चिकित्सकको निगरानीमा आइसियुमा राखेर उपचार गरिरहेको जानकारी दिए।

सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गर्न कांग्रेसको माग

बुधबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै यादवमाथि खुकुरी प्रहार गर्नेमाथि गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न माग गरेका हुन्।

गुटले गिजोलिएको कांग्रेसमा बृहत् एकता बहस

पार्टीभित्र बृहत् एकता र गुटबन्दी अन्त्यको वकालत गर्ने केन्द्रीय सदस्यहरू आफैं विभिन्न गुट र उपगुटबाट प्रभावित भएर बैठकमा धारणा राख्न पनि छाडेका छैनन्। आफू र आफूनिकट नेता र गुटको बचाउ गर्ने, अर्को समूह र नेताको विपक्षमा मत राख्ने प्रवृत्तिले बैठकको सुरुकै दिनदेखि निरन्तरता पाइरहेको छ।

‘प्रतिस्पर्धा गर्न नसक्नेले पार्टी छाड्न थाले’ : सहमहामन्त्री राठौर

नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले आन्तरिक प्रतिस्पर्धा गर्न नसक्नेले पार्टी छाड्न थालेको बताएका छन्।

सबै धर्म, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने पार्टी नै काँग्रेस होः राठौंर

‘बाँके र बर्दियामा मेरो ६० वर्षदेखी घर छ, सुशिल दाई र मेरो एउटै निर्वाचन क्षेत्रमा पर्ने भएको हुनाले म परिस्थितिले गर्दा म बर्दियामा गएको थिए,’ उम्मेदवार राठौंरले भने ‘म बाँके र बर्दियाको विकासलाई म जोड्न चाहन्छु, बाँके र बर्दिया मेरो ठाउँ हो।’ आफूले आगामी दिनमा मन्दिर, मस्जिद, चर्च, गुरुद्वारा, गुम्बामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

नागरिकता विधेयक प्रमाणीकरण गर्न नेता यादवको माग

उनले उक्त विधेयकले तराई तथा देशका अन्य भू–भागका नागरिकको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने भएकाले त्यसलाई प्रमाणीकरण गरेर कार्यान्वयनमा ल्याउनुपर्ने बताए।

एमालेले गैर जिम्मवारी चरित्र प्रस्तुत गर्दै आएको छ: नेता पाण्डे

नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्