५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत सहमहामन्त्री यादव। तस्बिर: विजय राई

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ।

काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टर्स् क्लबको कार्यक्रमबाट बाहिरिएका यादव गाडी चढ्न लाग्दा धारिलो हतियारबाट आक्रमण भएको महानगरीय प्रहरी परिसर काठमााडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले पुष्टि गरे।

नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेका हुन। धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमामा गहिरो चोट लागेको छ। उनकाे अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

उक्त घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रकाशित: २० भाद्र २०८० ०८:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App