coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नागरिकता विधेयक प्रमाणीकरण गर्न नेता यादवको माग

नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट पास भइसकेको र प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुगेकाले सो विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेका छन्।  

उनले उक्त विधेयकले तराई तथा देशका अन्य भू–भागका नागरिकको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने भएकाले त्यसलाई प्रमाणीकरण गरेर कार्यान्वयनमा ल्याउनुपर्ने बताए।

नेता यादवले अहिलेको पाँचदलीय गठबन्धन नेपाली जनताको आवश्यकताका आधारमा बनेको बताउँदै चुनाव र चुनावपछि पनि यही गठबन्धन कायम रहने स्पष्ट पारे।

उनले वर्तमान सरकारले एक वर्षको छोटो अवधिमा नै यसअघिको सरकारले तीन वर्षसम्म गर्न नसकेका काम गरेको दाबी गरे।

प्रकाशित: २६ श्रावण २०७९ ११:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App