५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस सहमहामन्त्री यादवलाई आइसियुमा राखेर उपचार गरिँदै

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवकाे  आइसियुमा राखेर उपचार भइरहेको छ।

राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै उनलाई चिकित्सकको निगरानीमा आइसियुमा राखेर उपचार गरिरहेको जानकारी दिए। 

‘उहाँको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्युरोसर्जरीर अर्थोपेडिक सर्जरीका विज्ञ डाक्टरहरूद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

त्यसपछि उनलाई आइसियुमा राखिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको पनि अस्पतालले जनाएको छ।

 

प्रकाशित: २० भाद्र २०८० १३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App