१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

टिकटक माथिको प्रतिवन्ध लगाउने निर्णय खारेज गर्न काँग्रेस सहमहामन्त्रीको माग

फाइल तस्बिर

नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले सरकारले टिकटक प्रतिवन्ध लगाउने निर्णय खारेज गर्नुपर्ने बताएका छन्।

आज मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन।उनले नियमन गर्ने निकायलाई सशक्त रुपमा अघि बढाउनुपर्नेमा टिकटकमाथिको प्रतिवन्ध स्वीकार्य हुन नसक्ने बताए।

उनँले सरकारको दृष्टिकोण र सोच अर्जुनदृष्टि भएर भुगोलमा छरिनुपर्ने बेलामा विचारमा आएको मतभेदले सरकार र गठबन्धनकाप्रति औंलो ठडिने अवस्था देखिएको बताए । उनले मन्त्रीमण्डलले गरेको निर्णय तत्काल सच्याइ नियमन गर्ने पाटो सशक्त रुपमा अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे।

नेपाली काँग्रेस सहमहामन्त्री आङ्दम्बेले विपद्मा उद्धार र राहतका लागि स्टन्टबाजी नगरी सबैले सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताए।

प्रकाशित: २८ कार्तिक २०८० १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App