१२ असार २०८१ बुधबार
image/svg+xml

आगन र बलेनीमा सुत्न बाध्य गोरखा कारागारका कैदीबन्दी

‘बाहिर आगन र बलेनीमा पनि सुत्नुपर्छ, पानी परे भिज्दै सुत्नु बाहेक विकल्प छैन’ नाइके गोपाल बरामले भने ‘धमिलो पानी पिउनुपर्ने, सुत्ने ठाउँमा भुँइमा पानी, आकाशको पानी र चिसोले धेरै बिरामी भएका छन्।’

इलाम कारागारका ७६ कैदीबन्दी एकैपटक बिरामी

ठूलो समूहमा उनीहरू बिरामी परेपछि अस्पताल लैजान समस्या भएको कारागार शाखा प्रमुख प्रदीप श्रेष्ठले बताए। ‘कारागारभित्र बिरामीहरू सामूहिक रूपमा सुताएर सामान्य उपचार गर्दैछौं,’ उनले भने

त्रिपाल र जस्तापाताको टहरामा रात काट्न बाध्य

जिल्ला कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिएको छ। ४० पुरुष र १० जना महिला गरी ५० जना अटाउने कारागारमा हाल दुई सय १२ जना कैदीबन्दी रहेको कारागारले बताएको छ। क्षमताभन्दा बढी कैदीबन्दी भएकाले उनीहरू त्रिपाल र जस्तापाताको टहरामा रात काट्न बाध्य छन्।

फेरि अनसन बस्दै गंगामाया

'न्यायको लागि मिडियामा आउन खोज्दा विभिन्न बहानामा मलाई प्रतिबन्ध लगाउने काम भएको छ। बरु हतकडी लगाएर जेलमा लगेर राख तर यसरी बन्दी बनाएर नराख।'

जीर्ण कारागारमा अढाई गुणा बढी कैदीबन्दी

रौतहटको सदरमुकाम गौरस्थित जीर्ण कारागारमा क्षमताभन्दा अढाई गुण बढी कैदीबन्दी रखिएको छ। वर्षौंदेखि जीर्ण रहेको गौर कारागारको मूल भवन एक सय ८७ वर्ष पुरानो हो। राणाकालीन समय अर्थात् विक्रम संवत् १९८९ मा स्थापना गरिएको यो कारागारमा भवनमा त्यति बेला एक सय २० जना कैदीबन्दी राख्ने क्षमता थियो। झन्डै दुई सय वर्षअघि निर्माण भएको गौर कारागाार समयानुकूल मर्मत–सम्भार हुन नसक्दा दिनदिनै जीर्ण बन्दै गएको छ।

नख्खु कारागारमा कुटाकुट हुँदा एकको मृत्यु

ललितपुरस्थित नख्खु कारागारमा दुई कैदीबन्दीबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ।

१७ जनाको क्षमता भएको भवनमा ९४ कैदी,आलोपालो गरी सुत्नुपर्ने बाध्यता

महिला कैदी राख्न बनाइएको दुईतले भवनको भुइँतला। भ-याङमुनिको साँघुरो छिडीमा लगाइएको ओछ्यानमा चार युवक ढल्किरहेका।

ब्राजिलमा जेलभित्रै ४२ जना कैदीको मृत्यु

दुई वर्षअघि सोही कारागारमा ५६ जना मारिनेगरी कैदीहरूबीच झगडा भएको थियो। त्यसलाई ब्राजिलका जेल भएका नराम्रामध्येको एक घटनाको रूपमा लिइन्छ।

जेल जात्रा

जेल सुधारका लागि आवश्यक नीति निर्माणमा ढिलाइ हुँदा पैसा र पहुँच भएकाहरूबाट जेलको नीतिनियमको धज्जी उडाउने गतिविधि चल्दै आएको छ।

होटलका कोठामा भेटिन्छन् कैदीबन्दी

जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ।

उन्नाइस पाकिस्तानी बन्दी रिहा

भारतले मुक्त गरेका १९ जना पाकिस्तानी कैदीबन्दी अट्टारी–वागा सीमाहुँदै पाकिस्तान प्रस्थान गरेका छन्।

गर्मी बढेसँगै कैदीबन्दी बिरामी हुने क्रम बढ्दो

बढ्दो गर्मीसँगै महोत्तरी कारागारमा कैदीबन्दी बिरामी हुने क्रम ह्वात्तै बढेको छ। क्षमताभन्दा बढी कैदीबन्दी रहेको महोत्तरीको जलेश्वरस्थित कारागारमा पछिल्लोपटक गर्मी बढेसँगै बिरामीको सङ्ख्या ह्वात्तै बढेको हो। कारागारमा दम्मा (श्वासप्रश्वास), रुघाखोकी, ज्वरो, निमोनिया र लुतोलगायत रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ ।

कैदीबन्दीले गरे रक्तदान

बज्रमोहन शुभद्रादेवी स्मृति प्रतिष्ठान सालुले शनिवार रामेछापको पुरानो सदरमुकाम रामेछापमा संचालन गरेको एक दिने स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा रामेछाप कारागारका ६८ कैदी सहित १ सय १२ जनाले रक्तदान गरेका छन्।

राजविराज कारागारमा तेब्बर कैदी–बन्दी

सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा करीब तीन गुणा बढी कैदीबन्दी रहेका छन्। करीब १२५ कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १८ महिला कैदीसहित ३१५ कैदीबन्दी रहेको कारागारका निमित्त जेलर सत्यनारायण यादवले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्