संयुक्त आयोगको बैठक शीघ्र गर्ने सहमति
नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् ।
नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् ।
चार वर्षअघि सुरु गरिएको नेपाल–भारत सीमा क्षेत्रको वैज्ञानिक मापन जारी छ। एक हजार आठ सय ८० किमि लामो नेपाल–भारत सीमा क्षेत्रमा हालसम्म करिब ६ हजार सीमा स्तम्भ (पिलर) गाडिएका छन्। सीमा क्षेत्रमा आठ हजार आठ सय ५४ पिलर गाड्नुपर्ने हुन्छ।
राजनीतिक सम्बन्ध मात्र नभई साहित्यिक सम्बन्धलाई पनि प्रगाढ बनाउन यतिबेला भारतीय साहित्यकारको जम्बो टोली नेपाल आइपुगेको छ। गत शनिबार साँझ नेपाली साहित्यकर्मीसँग भेटेलगत्तै भारतीय टोली नेपाली साहित्यकर्मीसँग काव्यिक यात्रामा निस्किएको छ। डा. रामचन्द्र रायको नेतृत्वमा ४० भारतीय कवि कवियत्रीको टोली नेपाल आएको हो।
नेपाल–भारत सिमाना चाररातेबाट नेपालतर्फ हेर्दा रूखहरु मासिएको चिल्लो डाँडा देखिन्छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारतको सम्बन्ध प्रगाढ भएको बताएका छन्। भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–कूर्था रेल खण्डको स्थलगत निरीक्षणका क्रममा मङ्गलबार भारतको जयनगर पुगेका मन्त्री महासेठले नेपाल र भारतका सञ्चारकर्मीसँगको भेटमा भने, “नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको दुवै सरकारबीचको सम्बन्ध सुमधुर छ।”
नेपाल–भारत सीमा स्तम्भ जोखिममा परेका छन् । सरकारले समयमै मर्मतसम्भार गर्न नसक्दा बाँके क्षेत्रमा रहेका सीमा स्तम्भ जोखिममा परेका हुन् । बाँकेको ६५ किलोमिटर सीमा भारतसँग जोडिएको छ।
नेपाल र भारतको सुरक्षा सम्बन्धी कार्यपत्र र प्रवचन समेटिएको पुस्तक ‘नेपाल–भारत सम्बन्ध, प्रतिरक्षा र सुरक्षा मामला’ सार्वजनिक भएको छ।
नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनका लागि छलफल गर्न भन्दै नेपाली टोली बुधबार भारत जाँदैछ । बिहीबार र शुक्रबार भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको दुईपक्षीय वार्ताका लागि नेपालबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजूको नेतृत्वमा आठ सदस्यीय टोली भारत जान लागेको हो।
नेपाल–भारतको सीमाना चिवाभञ्याङसम्म भारतले सडक निर्माणको काम अघि बढाएको छ। नेपालसँग सिधा सम्बन्ध स्थापना गर्ने गरी सिक्किम सरकारले सडक निर्माणको कामलाई गति दिएको हो।
तीन वर्ष अघिदेखि थालिएको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनर्निर्माण सकिएको छ। नेपाल र भारतको संयुक्त टोलीले ती सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको थियो।
जिल्लाको जानकी गाउँपालिका–१ साईगाउँ बढैयास्थित नेपाल–भारत दसगजा क्षेत्रमा रहेको मुख्य सीमा स्तम्भलाई बर्सेनि नालाले कटान गरिरहेको छ।
नेपाल र भारतका अधिकारीहरु सम्मिलित सुरक्षा समन्वय समितिको बैठक दार्चुलामा सम्पन्न भएको छ। दुबै देशको तर्फबाट बैठकमा प्रस्तुत भएका एजेण्डाहरुमा छलफल आपसी समझदारी कायम गरिएको छ।
नेपाल भारत अन्तरदेशीय रेल सेवा आगामी कात्तिकभित्र सञ्चालन हुने भएको छ।
नेपाल र भारतका अधिकारीहरूको समन्वय बैठक असार २८ मा हुने भएको छ। नेपाली पक्षको पहलमा दार्चुला सदरमुकाम खलंगामा बैठक आयोजना गर्ने तयारी भइरहेको छ।
आज नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपाल आउँदै हुनुहुन्छ। सर्वप्रथम उहाँलाई स्वागत छ । चुनावको चटारो छोडेर उहाँ हाम्रो आतिथ्यता स्वीकार गर्दै हुनुहुन्छ (दक्षिण भारतको मुखद्वार मानिने कर्णाटकाको चुनाव हुँदैछ)। नेपाल–भारत सम्बन्ध प्रगाढ बनाउन पछिल्लो समय प्रधानमन्त्री ओलीले भारतको राजकीय भ्रमण (६–८ अप्रिल २०१८) गर्दा उहाँलाई नेपाल भ्रमणको निम्तो दिनुभएकोमा भारतीय प्रधानमन्त्रीले सहर्ष स्वीकार गर्नुभएको हो।