१२ असार २०८१ बुधबार
image/svg+xml

किसानको विश्वास गुमाउँदै सरकार

आफ्नै पार्टी नेतृत्वले गरेका गलत कामको आलोचना गर्ने घनश्याम भुसाल अहिले आफू कृषि मन्त्री हुँदा पनि रासायनिक मलको जोहो गर्न नसकेर आलोचित भएका छन्। मलको जोहो गर्न नसक्दा अन्ततः सरकारले किसानको जनविश्वास गुमाएको छ।

किसानलाई जहिल्यै मलकै पिरलो

कोरोना संक्रमणका कारण यातायात सेवा ठप्प हुँदा बाँके, बर्दियासम्म पुगेर मल आयात गर्न सकिने अवस्था छैन। महिना दिनसम्म मलको जोहो गर्न बजार दौडधुप गरिरहेका छन् उनी। तर जहाँ पुगे पनि एउटै जवाफ पाइन्छ, ‘मल छँदै छैन, कसरी दिनु ?’ अहिले धानले मल खोजिरहेको छ।

किसानलाई जहिल्यै मलकै पिरलो

घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरका टेकवहादुर चौधरी गत वर्ष रासायनीक मलको जोहो गर्न बर्दिया सम्म पुगे। दाङमा मलको अभाव भएपछि आफन्तको सम्पर्कका आधारमा बर्दिया पुगेका उनले गत बर्षको धान खेती सपार्न जेनतेन मलको जोहो गर्न भ्याए। यो वर्ष पनि मलको अभाव उस्तै छ। नत कोरोना संक्रमणका कारण ठप्प यातायात सेवाका कारण बाँके बर्दिया सम्म पुगेर मल आयात गर्न सकिने अवस्था नै छ।

रासायनिक मल किन्दा कोरोना संक्रमणको जोखिम

महिना दिन अघिदेखि खुलेआम रुपमा नेपाल र भारतको सीमावर्तीमा आवागमन बढ्दो छ। भारतीय रासानिक मल किन्न नेपाली किसान जाँदा आवागमन बाक्लिएको हो। ८२ किलोमिटर खुला सीमामा रासानिक मल किन्न दैनिक सयौं किसान सीमावर्तीसम्म पुग्छन्।

रोपाइँ सकियो, रासायनिक मल छैन

पुनर्वास कञ्चनपुरका कल्लु राना यतिबेला रोपाइँ सकेर रासायनिक मलको खोजीमा छन्। कहिले कुनै सहकारी त कहिले कृषि सामग्री पाइने पसल धाउन थालेका छन्। रोपाइँ गरेकै दिन खेतमा हाल्नुपर्ने युरिया अहिलेसम्म उनले हाल्न सकेका छैनन्।

भारतले अनुमति नदिँदा साढे २१ हजार टन मल अड्कियो

भारतले अनुमति नदिँदा नेपाल आउने करिब साढे २१ हजार टन रासायनिक मल भारतको गुजरात कान्डला बन्दरगाहमा अड्किएको छ।

रासायनिक मलको अभाव झेल्दै किसान

असार लागेसँगै धान रोपाईंको चटारो बढ्दै जाँदा किसान रासायनिक मल विहिन अवस्थामा पुगेका छन् । आवश्यक रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै माग अनुसार मल उपलब्ध गराउन सक्ने अवस्थामा नभएपछि यस पटक शुरु देखी नै मल अभाव हुन थालेको हो ।

वाराका किसानले पाएनन् युरिया मल

किसान महावीर माहराले विगत दुई हप्तादेखि धान बालीको लागि चाहिने युरिया, डिएपी मलको खोजीमा छन्। डेढ बिघा धान खेती गर्नको लागि तत्कालै अवश्यक रहेको एक क्विन्टल डिएपी र एक क्विन्टल किन्न नपाएको महावीर माहराको गुनासो छ।

रासायनिक मल नपाएको किसानको गुनासो

खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका किसानले मल नपाएको गुनासो गरेका छन् । साविकको चिसापानी–४ का किसानले अन्नबाली लगाए पनि हालसम्म किन्नका लागि समेत रासायनिक मल नपाइएको गुनासो गरेका हुन् । बिहिबार भएको किसानको भेलाले तत्काल बजारमा मल उपलव्ध गराउने वाताबरणका लागि गाउँपालिका समक्ष माग गर्ने निर्णय गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्