१ मंसिर २०८१ शनिबार
image/svg+xml

यसै वर्ष सक्नुपर्ने गौरवका तीन आयोजना धकेलिए

सरकारले चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न लक्ष्य राखेका तीनवटा राष्ट्रिय गौरवका आयोजना एक वर्ष धकेलिने भएका छन्। सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुचर्चित मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रि«य विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो।

सोभे खानेपानी योजना उद्घाटन

खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित सोभेमा खानेपानी योजना सञ्चालनमा आएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको १० लाख बजेटमा छङछङ्गे मुहान भएको सोभे खानेपानी योजना सोमबार जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राईले उद्घाटन गरेका हुन् ।

त्रियुगा खानेपानीद्वारा वैशाखको महसुल र ३ महिनाको जरिवाना छुट

त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था)ले कोरोना भाईरस (कोभिड–१९) को कहर खेप्न बाध्य उपभोक्तालाई वैशाख महिनाको महसुल छुट दिने निर्णय गरेको छ । सदरमुकाममा खानेपानी सेवा दिँदै आएको संस्थाले लकडाउन अवधिमा उपभोक्तालाई परेको मारमा सहयोग पुगोस् भन्ने उदेश्यले वैशाखको महसुल नलिने निर्णय गरेको हो ।

खुसी ल्याउने खानेपानी

वर्षौंदेखि गाउँमा पानी छैन । तल खोलानजिकै एउटा पानी पँधेरो छ, पुग्न एक घण्टा लाग्छ । गाउँभरिका मानिस त्यहीँ जान्छन् । बिहान त पानीपँधेरोमै बित्छ ।

अब मेलम्चीबारे प्रश्न उठाउने अवस्थाको अन्त्य हुन्छ : खानेपानी मन्त्री

खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रश्न उठाउने अवस्थाको अन्त्य हुने बताएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत खानेपानी मन्त्रालयका विभिन्न शिर्षकमा विनियोजन भएको बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री मगरले मेलम्चीमाथि वर्षौंदेखि उठदै आएका प्रश्नको बिटमार्ने समय छिट्टै आउने बताइन् ।

मेलम्चीको पानी : बजेटमा आगामी साउन भित्रै, आउने सम्भावना न्यून

सरकारले आगामी आर्थिक वर्षको साउनभित्रै उपत्यकाबासीलाई मेलम्चीको पानी वितरण गर्ने आश्वासन बाँडेको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा मेलम्ची खानेपानी आयोजनाको प्राविधिक र अन्य पक्षलाई केही वास्तै नगरिकनै आयोजनाको आधारभूत निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुदेखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने घोषणा गरे।

४० प्रतिशत खानेपानी पाईपबाटै चुहावट

पोखरामा दैनिक ५ करोड लिटरको पानीको आपूर्ति हुँदै आएको छ । आपूर्तिको ४० प्रतिशत पानी पाईपबाट चुहावट छ । चुहावटकै कारण पोखरामा खानेपानीको माग अनुसार आपूर्ति हुन सकेको छैन । माग पनि लगभग दैनिक ५ करोड लिटर नै छ । यद्यपी बढ्दो चुहावटकै कारण सास्ती छ ।

बजेटमा मेलम्ची खानेपानी आयोजना

सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षको सुरुदेखि नै मेलम्ची पानी उपत्यकावासीलाई खुवाउने बाचा गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार संघीय संसदमा प्रस्तुत गरेको बजेटमा दुई दशकदेखिको सपना मेलम्ची खानेपानी आयोजनालाई उच्च प्राथमिकता दिइएको छ । चालु वर्षमा आयोजनाको बाँकी काम सम्पन्न गरी नयाँ आर्थिक वर्षको सुरुदेखि नै मेलम्ची पानी वितरण गरिने उनले बताए ।

काठमाडौँ उपत्यकामा खानेपानी नियमित

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कर्मचारीलाई आवश्यक स्यानिटाइजर, मास्कलगायत वस्तु उपलब्ध गराएर खानेपानी नियमितरुपमा उपलब्ध गराउने भएको छ। काठमाडौँ उपत्यकाको खानेपानीको व्यवस्थापन गर्दै आएको लिमिटेडले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले सार्वजनिक बिदा दिए पनि निर्बाधरुपमा सेवा प्रवाह हुने जनाएको छ।

मेलम्चीको काम तत्काल नरोकिने

कोरोना भाइरस विरुद्ध सतर्कता अपनाउँदै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन सरकारले निर्देशन दिए पनि राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम भने तत्काल नरोकिने भएको छ।

आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने दिन गए

समथर जमिन र बाक्लो बस्ती । खानेपानीको सधैँ चरम अभाव। नजिकै कालीगण्डकी र धापेखोलाको सलल बगेको पानी हेरेर बागलुङ नारायणस्थान स्थानीयवासी लामो समयदेखि चित्त बुझाउनुपर्ने अवस्था हाल बागलुङ नगरपालिका–१४ को सो स्थानमा पानीका मुहान छैनन्।

अस्तव्यस्त खानेपानीले सास्ती

खानेपानीको उचित व्यवस्थापन नहुँदा मार्तडीवासीले सास्ती भोग्नुपरेको छ। खानेपानी व्यवस्थापनको जिम्मा लिएको मार्तडी बहृत् खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण सदरमुकामवासी सास्ती भोग्न बाध्य भएका हुन्।

हरेक घरमा खानेपानी धारा

हिमा गाउँपालिका-२ का वडाध्यक्ष नैनवहादुर रोकायालाई निर्वाचन जितिसकेपछि गाउँमा खानेपानी संकट समाधान गर्ने मुख्य चुनौती थियो। चुनावमा खानेपानी माग संवोधन गर्ने आश्वासन दिएका उनको निरन्तर संवोधन खानेपानी मागमै केन्द्रित रह्यो। उनी खानेपानीसँग सरोकार राख्ने सबै निकायसँग पुगे। उनको एउटै चाहना थियो,‘गाउँमा खानेपानी पुर्‍याएर संकट टार्ने।’ उनको त्यो चाहना पूरा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्