पोखरा सडक महोत्सव: पाँचलाख बढी आन्तरिक पाहुना भित्र्याउने लक्ष्य
अंग्रेजी पुरानो वर्षको बिदाई र नयाँवर्ष स्वागतार्थ आयोजना गरिने पोखरा सडक महोत्सवमा पाँचलाख बढी आन्तरिक पाहुना भित्र्याउने लक्ष्य पर्यटन व्यावसायीले सार्वजनिक गरेका छन्। पोखरामा आन्तरिक पाहुना भित्र्याउनेसबैभन्दा ठूलो पर्यटकीय गतिविधि नै सडक महोत्सव रहेको भन्दै व्यावसायीले यो पटक भित्रिने पाहुनाको आकार अघिल्ला वर्ष भन्दा झनै बढी हुने बताए।