२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दम्पतिको मुत्यु

पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर दुईजनाको ज्यान गएको छ। पोखरा महानगरपालिका–२९ पटनेरीस्थित खेतमा पानी लैजान बनाइएको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा मुस्ताङ घर भई पोखरा–२९ पटनेरी डेरा गरेर बस्ने ४६ वर्षिय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षिया सावित्री सुनार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर दुवैजना घाईते भएका थिए।

घाईते दुवैलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगेपनि उपचारको क्रममा मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। मृतक दुवैको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको शव गृहमा राखिएको छ। घटनाको थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०८० ०७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App