४ वैशाख २०८१ मंगलबार

पनौतीका सामुदायिक स्कुलमा एउटै पोशाक

पनौती नगरपालिकाले यसै शैक्षिक वर्षबाट आफू मातहतका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा एकैनासको विद्यार्थी पोशाक (स्कुल युनिफर्म) लागू गरेको छ। ‘अब पनौती नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीहरु एकैखाले पोशाक लगाएर विद्यालय आउनेछन्’, इन्द्रेश्वर उच्च मावि पनौतीमा निःशुल्क पोशाक वितरण गर्दै उपमेयर गीता बन्जाराले भनिन्।

स्थानीय तहमा ‘प्रि–बजेट’बारे अभ्यास

काभ्रेको पनौती नगरपालिकाले संघीय सरकारले झैं बजेट निर्माणका लागि सुझाव संकलन गर्ने र चालु आर्थिक वर्षको प्रगति सुनाउने हिसाबले पूर्वबजेट (प्रि–बजेट) छलफल सम्पन्न गरेको छ।

पनौतीमा अविवाहित महिलालाई पनि भत्ता

पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ। नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित महिला, सम्बन्धविच्छेद भएका महिला र पति बेपत्ता भएको १५ वर्ष पूरा भएका महिलालाई लाभग्राहीका रुपमा समेटिएको छ।

प्राचीन पनौतीको फोटो प्रदर्शनी

पनौतीमै जन्मीहुर्की फोटोग्राफीमा दुई दशक बिताइसकेका पत्रकार प्रशान्त श्रेष्ठलाई जन्मथलोको पुरानो अवस्थालाई फोटोको माध्यमबाट नयाँ पुस्तालाई चिनाउन हुटहुटी चलेको छ। उनले गत कात्तिकमा तिहारको छेको पारेर जन्मथलोमै ‘उहिले र अहिलेको पनौती’ शीर्षकमा तीनदिने फोटो प्रदर्शनी सम्पन्न गराए।

पनौतीलाई जोगाऔं

एउटै चट्टानमा बनेको सहरका रूपमा ऐतिहासिक एवं पुरातात्विक भूमि पनि हो। चट्टान माथि बसेको शहर भएकाले ०७२ को भूकम्पले यसलाई क्षति पुर्‍याउन सकेन। यहाँको इन्देश्वर मन्दिर प्राङ्गणमा उन्मत्त भैरव, तुलानारायण मन्दिर लगायत छन्। वरपर अरू मन्दिरहरु, सत्तल, घाट आदि छन्।

भीरबाट लडेर मृत्यु

पनौती नगरपालिका–१० मा एक युवतीको भिरबाट लडेर मृत्यु भएको छ। घाँस काट्न गएकी सालिमटारकी ३५ वर्षीया तियुकी तामाङको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

पनौतीमा अब महिला–पुरुषले समान ज्याला पाउने

पनौती नगरपालिकामा अब महिला–पुरुषको ज्याला समान हुने भएको छ । नगरपालिकाको तेस्रो नगरसभाले समान कामका लागि दिइने ज्यालामा लैंगिक विभेद गर्न नपाइने निर्णय गरेको छ ।

स्वस्थानीका ब्रतालु पनौतीमा (फोटो फिचर)

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी ब्रतका ब्रतालुहरूले आज काभ्रेको पनौतीस्थित त्रिवेणी नदिमा स्नान गरेका छन्।

धुलिखेल र पनौती क्याम्पसमा स्ववियु चुनावकाे उम्मेद्वारी दर्ता स्थगित

धुलिखेल क्याम्पस र पनौती इन्द्रेश्वर क्याम्पसमा शनिबार मतदानका लागि स्ववियुको उम्मेदवारी दर्ता स्थगन भएको छ।

बनेपा–पनौती सडकमा खाल्डैखाल्डा, धुलोधुवाँ खपिनसक्नु

सडकभरि खाल्डा छन्। सवारी आवतजावतमा  समस्या छ। मोटरसाइकल चालक र बटुवा धुलाम्मे हुन्छन्। धुलो उडेर सडक आसपासमा कुहिरो लागेझैं हुन्छ। धुलोकै कारण सडक छेउका बासिन्दामा रुखाघोकीलगायत स्वाशप्रश्वाससम्बन्धी समस्या बढ्दो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्