९ आश्विन २०८१ बुधबार
image/svg+xml

बीमाको दायरा ४० प्रतिशत पुर्याइने

आगामी आर्थिक वर्षमा बीमाको पहुँच ४० प्रतिशत पुग्ने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आवको बजेट प्रस्तुत गर्दै आगामी वर्ष बीमा पहुँच वृद्धि गरिने बताएका छन्।

स्वास्थ्य क्षेत्र मुख्य प्राथमिकता,९० अर्ब ६९ करोड बजेट

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट प्रस्तुत गरेका छन्। संघीय संसदको संयुक्त वैठकमा आगामीआवको वैठक प्रस्तुत गर्दै उनले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, सिचाई, उर्जा लगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको जनाएका छन्।

सरकारी र नीजी क्षेत्रका कर्मचारीलाई देश दर्शनका लागि प्रोत्साहन गरिने

सरकारले भूमि बैंक स्थापना गर्ने भएको छ। आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड विनियोजन गरेको बताए। यस्तै समृद्धिका लागि वन कार्यक्रम ल्याइने, जडिबुटि विकासका लागि विशेष कार्यक्रम ल्याइने बताए। महिलाका नाममा जग्गाको स्वामित्व दिँदा थप सहुलियत दिने अर्थमन्त्रीलेब बताए।

आगामी वर्ष तरकारी र मासुजन्य बस्तुमा आत्मनिर्भर हुने लक्ष्य

कोरोनाका कारण रोजगारी गुमेका मजदुरको सिप हस्तान्तरण गरिने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेट सार्वजनिक गर्दै यसका लागि १ अर्ब विनियोजन २ प्रतिशत ब्याजमा नवप्रवर्तन व्यवसायका पूँजी दिइने बताए।

बजेट भाषण : स्वास्थ्य मन्त्रालयको बजेटमा वृद्धि

आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट संसदमा प्रस्तुत भइरहेको छ। हरेक वर्षको जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नूपर्नै व्यवस्था अनुरुप अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदका दुवै सदनको बैठकमा बजेट प्रस्तुत गरिरहेका छन।

संसदमा बजेट प्रस्तुत

आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट संसदमा प्रस्तुत भइरहेको छ। हरेक वर्षको जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नूपर्नै व्यवस्था अनुरुप अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदका दुवै सदनको बैठकमा बजेट प्रस्तुत गरिरहेका छन्।

बजेट भाषण ४ बजे

आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट आज ४ बजे सार्वजनिक हुने भएको छ। हरेक वर्षको जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नूपर्नै व्यवस्था अनुरुप अर्थमन्त्री युवराज खतिवडाले आज संघीय संसदमा आगामी आवको बजेट प्रस्तुत गर्दैछन्।

आज बजेट, प्राथमिकतामा रोजगारी र अर्थतन्त्र पुनरुत्थान

आगामी वर्षको बजेटले मूलतः चार क्षेत्रमा जोड दिएको छ– कोरोना नियन्त्रण एवं रोकथाम, कोरोना पीडितलाई राहत, रोजगारी एवं कृषि उत्पादन वृद्धि र अर्थतन्त्रको पुनरुत्थान।

गण्डकी प्रदेश, सरकारद्वारा विनियोजन विधेयक पेस

गण्डकी प्रदेशले कोभिड–१९ को महामारीकै समयमा आफनो आगामी वर्ष अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न संक्रामक तथा सरुवा रोग अस्पताल स्थापना र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्ने उल्लेख गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बुधबार आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयक २०७७ बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता सभामा पेश गर्दै अस्पताल निर्माणको लागि विशेष ध्यान दिइने बताए ।

बजेट प्रस्तुत बिहीबार ४ बजे

आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण ९बजेट भाषण० सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ।

शिक्षामा एक खर्व ८१ अर्व २५ करोड बजेट प्रस्ताव

अगामी शैक्षिक सत्रदेखि सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा जोड दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न कार्यक्रम समेटेर एक खर्व ८१ अर्व २५ करोडको बजेट प्रस्ताव गरेको छ।

६५ प्रतिशत पर्यटक मनोरञ्जनको लागि नेपाल

सर्वेक्षण अनुसार २०७५ माघदेखि २०७६ पुससम्ममा सात लाख ७८ हजार एक सय ७३ विदेशी मनोरञ्जनको लागि नेपाल आएका देखिन्छन् । त्यसमा पदयात्रा र पर्वतारोहणको लागि १६ प्रतिशत, व्यापारका लागि साढे तीन प्रतिशत, औपचारिक कार्यालयसम्बन्धी कामले झण्डै साढे चार प्रतिशत र तीर्थयात्राका लागि १४ प्रतिशत नेपाल आएको सर्वेक्षणमा उल्लेख छ ।

आर्थिक वृद्धिमा कृषिको योगदान १० प्रतिशत बढ्ने

कोभिड–१९ को असरले आर्थिक वृद्धिदरमा अन्य क्षेत्रको योगदान खुम्चिए पनि कृषिको करिब १० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्ष ०७६/७७ को आर्थिक वृद्धिमा कृषिको योगदान ३२.७ प्रतिशत रहने अनुमान छ । गत आवमा यो २१.२ प्रतिशत थियो ।

आठ महिनामा साढे दुई लाखलाई सीपमूलक तालिम

सीपमूलक तालिमबाट स्वरोजगार युवाको संख्या वृद्धि भई आयआर्जनमा वृद्धि हुने अपेक्षा राखिए पनि सरकारको सुस्त काम गर्ने शैलीले विदेशबाट बेरोजगार भएर फर्कनेले स्वदेशमै रोजगारी पाउने सम्भावना कम

प्रदेश १ः बजेट अधिवेशन आजदेखि

कोरोना संकटको लामो समयसम्म आफै आइसोलेटेड बनेको प्रदेश १ संसद छैटौं तथा बजेट अधिवेशनमार्फत आजदेखि सक्रिय हुँदैछ। चैत ६ को बैठकपछि प्रदेशसभा बैठक रोकिएको थियो। त्यहीबेलादेखि कोरोना कहर पनि सुरु भयो। तर, त्यही संकट मा प्रदेशसभा, विषयगत समितिहरु निष्क्रिय रहे। केही समययता भने समितिहरुले सक्रियता देखाउन थालेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्