९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

आगामी वर्ष तरकारी र मासुजन्य बस्तुमा आत्मनिर्भर हुने लक्ष्य

कोरोनाका कारण रोजगारी गुमेका मजदुरको सिप हस्तान्तरण गरिने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेट सार्वजनिक गर्दै  यसका लागि १ अर्ब विनियोजन २ प्रतिशत ब्याजमा नवप्रवर्तन व्यवसायका पूँजी दिइने बताए। यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रममा अन्तर्गत २ लाख रोजगारी उपलब्ध गराइने र त्यसका लागि ११ अर्ब ६० करोड बजेट विनियोजन गरिएको उनले बताए।  

हालसम्म सार्वजनिक महत्त्वपूर्ण क्षेत्रका बजेट

-सामाजिक सुरक्षाको क्षेत्रमा ६७ अर्व ५० करोड बजेट विनियोजन गरिएको छ।  

-आगामी वर्ष तरकारी र मासुजन्य बस्तुमा आत्मनिर्भर हुने लक्ष्य लिइएको छ। सबै स्थानीय तहमा एक कृषि र एक पशु विशेषज्ञका लागि ५० करोड।  

-२ सय खाद्य भण्डारण केन्द्र बनाइने। त्यसका लागि स्थानीय तहलाई १ अर्ब दिइने।  

-रासायनिमक मलमा अनुदान वृद्धि गरिएको छ। अनुदान रकम ११ अर्ब पुर्याइएको छ।  

-नदी नियन्त्रण कार्यक्रमका लागि ६ अर्व २० करोड।  

-उखु उत्पादक किशानलाई १५ करोड ।  

-महिलाका नाममा जग्गाको स्वामित्व दिँदा थप सहुलियत।  

-भूमि बैंक स्थापना गरिने। सेयर लगानी गर्न ५० करोड विनियोजन।  

-समृद्धिका लागि वन कार्यक्रम ल्याइने।

-जडिबुटि विकास विशेष कार्यक्रम ल्याइने।  

-हवाई सेवा, होटल, ट्रेकिङ, पर्वतारोहणमा कर छुटको व्यवस्था गरिने।

-पर्यटन पूर्वाधारका लागि १ अर्ब २६ करोड।  

-नीजी क्षेत्र र राष्ट्रसेवक कर्मचारीलाई कोरोना अन्त्यसँगै देशदर्शनका लागि प्रोत्साहन गरिने। 

प्रकाशित: १५ जेष्ठ २०७७ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App