४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

‘एक्सरे मेसिन’ जडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ। ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ।

विराटनगरमा मंसिरमा ५७.६४ प्रतिशत राजस्व संकलन

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को मंसिरमा लक्ष्यको साढे ५७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ।

सत्ती भन्सार कार्यालयले सङ्कलन गर्‍यो लक्ष्यभन्दा बढी राजश्व

भन्सार विभागबाट एक करोड ३ लाख २७ हजार रुपैयाँ लक्ष्य पाएको कार्यालयले २१ लाख बढी राजश्व सङ्कलन गरेको छ।

राजश्व छलेको आशङ्कामा मालबहाक ट्रक नियन्त्रण

नेपालगन्ज भन्सार कार्यालय भएर भित्रिएको मालबहाक ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।भारतीय नम्बरको एचआर ६७ बी ११३० नम्बरको ट्रकलाई राजश्व अनुसन्धान कार्यालयले शुक्रवार बेलुकी नियन्त्रणमा लिएको हो।

छ किलो सुनसहित विदेशी नागरिक पक्राउ

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको पुष्टि भएको छ।

यसरी बरामद गरिएको थियो सुन (भिडियोसहित)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १४ किलो सुन बरामद गरिएको छ। विमानस्थल भन्सार कार्यालयले बिहीवार मध्यरातमा झन्डै १४ किलो सुन बरामद गरेको हो।

एक हप्ताको निगरानी पछि सुन समात्यौँः महानिर्देशक पौडेल

सुन आउँदैछ भन्ने सूचना पाएर एक हप्तादेखि निगरानी गर्दै आएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले नागरिक न्यूजलाई जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १४ किलो सुन बरामद

विमानस्थल भन्सार कार्यालयका अनुसार बिहीवार राति झन्डै १४ किलो सुन बरामद गरिएकोहो।

भन्सार कार्यालयबाटै ११ कार्टुन सुकमेल चोरी

चोरी भएको ११ कार्टुनमा प्रतिकार्टुन ४० किलोका दरले चार सय ४० किलो सुकमेल रहेको थियो। चोरी भएको सुकमेलको मूल्य अन्दाजी १३ लाख ४२ हजार रहेको छ।

कात्तिकमा झन् घट्यो राजस्व

विराटनगर भन्सार कार्यालयको राजस्व कात्तिकमा झन् घटेको छ। कात्तिक महिनामा विराटनगर भन्सार कार्यालयले लक्ष्यको ४७.८१ प्रतिशत मात्रै राजस्व संकलन गरेको जनाएको छ।

राजस्व गुम्दै, तस्करी मौलाउँदै

नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेन। २९ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ लक्ष्य लिएको भन्सार कार्यालयले झन्डै ११ अर्ब नोक्सान व्यहोर्दै १८ अर्ब १९ करोड राजस्व संकलन भयो। यो वर्ष मात्र होइन, बर्सेनि भन्सार कार्यालयले राजस्व गुमाउँदै आएको छ।

विदेशबाट ल्याइएको मोबाइलमा नियमानुसार नै शुल्क लिएको विमानस्थल भन्सार कार्यालयको दावी

कोरियाबाट आएका एक युवाले आफ्नो साथमा ल्याएको मोबाइलमा भन्सार शुल्क लिएको सन्दर्भ जोडेर सामाजिक सञ्जालार्फत सार्वजनिक गरेपछि त्यस विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले स्पष्ट पार्दै नियमानुसार कर लिएको जानकारी गराएको छ।

भुटानसँग पाँच वर्षमा नेपालको एक खर्ब व्यापार घाटा

पछिल्लो पाँच वर्षमा नेपालले भुटानसँग एक खर्ब २६ अर्ब ८३ करोड ८३ लाख ३७ हजार व्यापार घाटा बेहोरेको छ। बङ्गलादेशपछि भुटान नेपालको नजिक दूरीमा रहेको मुलुक हो। पूर्वी नाका काँकडभिट्टाबाट नेपालसँग भुटान र बङ्गलादेशको व्यापारिक कारोबार हुँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्