१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

विराटनगरमा मंसिरमा ५७.६४ प्रतिशत राजस्व संकलन

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को मंसिरमा लक्ष्यको साढे ५७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। विराटनगर भन्सार कार्यालयको तथ्यांक अनुसार मंसिरमा लक्ष्यको ५७.६४ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ।

विराटनगर भन्सार कार्यालयलाई मंसिरका लागि चार अर्ब २५ करोड ११ लाख रूपैयाँ लक्ष्य तोकिएकोमा विराटनगर भन्सार कार्यालयले दुई अर्ब ४५ करोड तीन लाख रूपैयाँ मात्रै राजस्व असुली गरेको छ।

विराटनगर भन्सार कार्यालयले कात्तिकमा लक्ष्यको ४७.८१ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो।

कात्तिकमा विराटनगर भन्सार कार्यालयलाई चार अर्ब २२ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएकोमा एक अर्ब ९१ करोड ३२ लाख रूपैयाँ मात्रै राजस्व संकलन गरेको थियो।

विराटनगर भन्सार कार्यालयले असोजमा लक्ष्यको ६०.१४ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो। असोजमा विराटनगर भन्सारले चार अर्ब ८४ करोड ७७ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा दुई अर्ब ९१ करोड ५३ लाख रूपैयाँ मात्रै राजस्व संकलन गरेको थियो।

भदौ महिनामा विराटनगर भन्सार कार्यालयले लक्ष्यको ५६.८१ प्रतिशत राजस्व संकलन गरेको थियो। भदौ महिनाका लागि चार अर्ब ४५ करोड ६६ लाख रूपैयाँ राजस्व असुलीको लक्ष तोकिएकोमा दुई अर्ब ५३ करोड १९ लाख रूपैयाँ मात्रै राजस्व असुली गरेको थियो।

साउनमा भने विराटनगर भन्सार कार्यालयले लक्ष्यको ८१.५७ प्रतिशत मात्रै राजस्व असुली गरेको थियो।

साउनका लागि विराटनगर भन्सार कार्यालयलाई तीन अर्ब ४९ करोड ७६ लाख रूपैयाँ लक्ष्य तोकिएकोमा दुई अर्ब ८५ करोड २९ लाख रूपैयाँ मात्रै असुली गरेको थियो।

आन्तरिक बजारमा माग घटेका कारण विराटनगर नाकाबाट हुने अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएपछि भन्सारको राजस्व पनि घटेको हो। यद्यपि कात्तिकको तुलनामा मंसिरमा विराटनगर भन्सार कार्यालयको राजस्व संकलनमा केही सुधार आएको छ।

तरलता सहज हुँदै गएको र देशभित्र आर्थिक गतिविधि बढ्ने क्रममा रहेकाले आयात बढ्न थालेपछि विराटनगर भन्सार कार्यालयको राजस्वमा पनि सुधारको संकेत देखिन थालेको हो।

प्रकाशित: १६ पुस २०८० ०५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App