९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

कात्तिकमा झन् घट्यो राजस्व

विराटनगर भन्सार कार्यालयको राजस्व कात्तिकमा झन् घटेको छ। कात्तिक महिनामा विराटनगर भन्सार कार्यालयले लक्ष्यको ४७.८१ प्रतिशत मात्रै राजस्व संकलन गरेको जनाएको छ।

विराटनगर भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा विराटनगर भन्सार कार्यालयलाई चार अर्ब २२ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएकोमा एक अर्ब ९१ करोड ३२ लाख रूपैयाँ मात्रै राजस्व संकलन गरेको उल्लेख छ।

विराटनगर भन्सार कार्यालयले असोज महिनामा लक्ष्यको ६०.१४ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो। असोज महिनामा विराटनगर भन्सारले चार अर्ब ८४ करोड ७७ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा दुई अर्ब ९१ करोड ५३ लाख रूपैयाँ मात्रै राजस्व संकलन गरेको थियो।

भदौ महिनामा विराटनगर भन्सार कार्यालयले लक्षको ५६.८१ प्रतिशत राजस्व संकलन गरेको थियो। भदौ महिनाका लागि चार अर्ब ४५ करोड ६६ लाख रूपैयाँ राजस्व असुलीको लक्ष तोकिएकोमा दुई अर्ब ५३ करोड १९ लाख रूपैयाँ मात्रै राजस्व असुली गरेको थियो।

साउनमा भने विराटनगर भन्सार कार्यालयले लक्षको ८१.५७ प्रतिशत मात्रै राजस्व असुली गरेको थियो। साउन महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई तीन अर्ब ४९ करोड ७६ लाख रूपैयाँ लक्ष तोकिएकोमा दुई अर्ब ८५ करोड २९ लाख रूपैयाँ मात्रै असुली गरेको थियो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भए पनि नेपालको आन्तरिक बजारमा माग घटेका कारण विराटनगर नाकाबाट हुने अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएपछि भन्सारको राजस्व पनि घटेको हो।

चालु आर्थिक वर्ष ०८०/८१ को पहिलो चार महिनामा संकलन भएको राजस्व अघिल्लो वर्षको तुलनामासमेत न्यून हो। घिल्लो आर्थिक वर्ष ०७९/८० को पहिलो चार महिनामा विराटनगर भन्सार कार्यालयले ११ अर्ब ७८ करोड ४३ लाख रूपैयाँ राजस्व संकलन गरेको थियो। चालु आर्थिक वर्षको पहिलो चार महिनामा भने विराटनगर भन्सार कार्यालयले १० अर्ब २१ करोड ३३ लाख रूपैयाँ मात्रै राजस्व संकलन गरेको छ।  

प्रकाशित: ८ मंसिर २०८० ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App