८ आश्विन २०८१ मंगलबार
image/svg+xml

बाटोले विकासको सम्भावना खुलेको छ: अर्थमन्त्री डा महत

बाटोले विकासको धेरै ठूलो सम्भावना खुलेको अर्थमन्त्री डा प्रकाशशरण महतले बताएका छन्।नुवाकोटको शिवपुरी गाउँपालिकास्थित श्री शेराबगर विकाश समाजद्वारा आयोजित बृहत् गोरु जुधाई तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले भने, मध्य पहाडी लोक मार्ग पहिला यहाँबाट लैजाने योजना थिएन।

स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ

जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो। आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

क्यान्सरपीडितको उपचारका लागि आर्थिक सहयोग

संखुवासभाको सभापोखरी गाउँपालिका १ लेब्राङका क्यान्सरपीडित एक पुरुषलाई उपचारका लागि दुई लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।

ताल संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्दै तमानखोला गाउँपालिका

समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बराह ताल। हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो। बोङ्गादोभान र भयरबोङ्गा गाउँको शिरमा रहेको बराह ताल अहिलेसम्म संरक्षित हुन सकेको थिएन। ताल संरक्षण नहुँदा यहाँ पुग्ने पर्यटकले फोहर फ्याँक्ने र पानी दूषित बनाउने गर्थे। अहिले तमानखोला गाउँपालिका तालको संरक्षणमा जुटेको छ।

मित साइनो जोडेर गाउँगाउँमा चोरी गर्ने पक्राउ

कहिले ‘आफन्त’ र कहिले ‘मित’ को साइनो जोडेर इलामका गाउँगाउँमा पाहुना लाग्दै लुटपाट गर्ने भारतीय नागरिक पक्राउ परेका छन्।

उराठ बन्दै गएको 'खर्क'

गाउँमा जनशक्ति प्रशस्तै थिए। तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ। भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन्।

माइजोगमाईमा बेवारिसे शिशु फेला

इलामको माइजोगमाई गाउँपालिका ३ गिद्देभिरको ढुंगाको चेपमा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका छन्।

मादी नदीमा माछा संरक्षण योजना

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले मादी नदी माछा संरक्षण योजना कार्यान्वयन गर्न सुरु गरेको छ।

रोङ गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’

इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खातामा दैनिक एक रुपैयाँ बचत अभियान सञ्चालन गरेको छ।

विद्यालय हातामा दलीय गतिविधि रोक्दै सिरिजंगा

ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले पालिकाका विद्यालय हाताभित्र तथा विद्यालयको सम्पत्ति प्रयोग गरी कुनै पनि राजनीतिक दल तथा दलसँग सम्बन्धित संगठन निर्माण गर्न रोक लगाएको छ।

लोक्ता सङ्कलनमा कानुनी अड्चन, घट्दै छ नेपाली कागजको उत्पादन

स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने यस कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादन हुने हुँदा विभिन्न ठाउँबाट माग आउने गर्दछ। तर स्थानीय कच्चा पदार्थ, कामदारको अभाव र विद्युत् आपूर्तिमा अनियमितताजस्ता कारणले उद्योगले मागअनुसारको कागज उत्पादन गर्न सकिएको छैन।

विमान कुर्दाकुर्दै सुत्केरीको ज्यान गयो

नेपालगन्ज जाने विमान कुर्दाकुर्दै हुम्लाकी एक सुत्केरीको बाजुराको कोल्टीमा ज्यान गएको छ।

जहाजकाे प्रतीक्षा गर्दागर्दै सुत्केरीले गुमाइन ज्यान

हुम्लामा नेपालगन्जको जहाज कुर्दाकुर्दै एक सुत्केरीको मृत्यु भएको छ।जहाजको प्रतीक्षा गर्दागर्दै हुम्लाको ताजाकोट गाउँपालिका– ५ की २३ वर्षीय अंशु बुढाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्