२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

क्यान्सरपीडितको उपचारका लागि आर्थिक सहयोग

संखुवासभाको सभापोखरी गाउँपालिका १ लेब्राङका क्यान्सरपीडित एक पुरुषलाई उपचारका लागि दुई लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।

फेसबुक अभियानमार्फत अमेरिकामा संकलन गरिएको उक्त रकम क्यान्सरपीडित ३५ वर्षीय उमेश श्रेष्ठलाई प्रदान गरिएको हो। श्रेष्ठको उपचारका लागि ५२ नेपालीबाट संकलन गरिएको सो रकम प्रदान गरिएको खाँदबारी नगरपालिका ११ घर भई हाल अमेरिकास्थित वासिङ्टन बस्ने लीला श्रेष्ठले जानकारी दिए।

फेसुबक अभियानबाट अमेरिकामा जुटाएको रकम जनज्योति माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक होमबहादुर अधिकारीमार्फत क्यान्सरपीडित श्रेष्ठको उपचारका लागि प्रदान गरिएको उनले बताए। १० वर्षअघि फेरिएको मिर्गाैलाले काम नगर्ने भएपछि पुनः मिर्गाैला फेर्नुपर्ने भएकाले आर्थिक अभावका कारण सहयोगका लागि पीडित परिवारले याचना गरेका थिए।

पैसा अभावमा क्यान्सर रोग उपचार गर्न नसकेका श्रेष्ठलाई उपचारमा सहयोग गर्न अभियान सञ्चालन गर्दै आएको उनले बताए। क्यान्सरपीडित श्रेष्ठलाई अहिले स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग जुटेको उनले बताए। –रासस

प्रकाशित: २८ पुस २०८० ०९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App