२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

माइजोगमाईमा बेवारिसे शिशु फेला

इलामको माइजोगमाई गाउँपालिका ३ गिद्देभिरको ढुंगाको चेपमा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ।

अन्दाजी तीनचार दिनको जस्तो देखिने शिशु (छोरा) स्थानीयले घाँस काटेर फर्कने क्रममा फेला पारेको प्रहरीले जनाएको छ।

सूचना पाएपछि नामसालिङ प्रहरी चौकीबाट परमेश चौधरीको कमान्डमा गएको टोलीले स्थानीयको सहयोगका बालकको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश जबेगूले जानकारी दिए।

शिशुलाई स्थानीय वीरबहादुर देवानको घरमा सुरक्षित राखिएको छ। ‘स्थानीय तथा जनप्रतिनिधिसँग ककसले कसको शिशु यसरी राखिएको हो भन्नेबारे बुझ्ने कार्य भइरहेको छ’, डिएसपी जबेगूले भने, ‘बच्चाको अवस्था तत्काल सामान्य छ।

प्रकाशित: २७ पुस २०८० ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App