१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

मनहरीको गाउँसभामा यमगज हात्तीको कुरा

मकवानपुरको मनहरी गाउँपालिकाको गाउँसभामा यमगज हात्तीले दुस्ख दिएको विषय उठान भएको छ।

आइतबार मनहरी ३ स्थित लामिटार सभा हलमा भएको गाउँसभामा यमगज हात्ती नियन्त्रणका लागि पहल गर्नुपर्ने र क्षति रोक्ने विषयमा पालिका गम्भीर हुनुपर्ने विषय उठान भएको हो। मनहरी गाउँपालिका ७ का वडा सदस्य नवराज सुवेदीले यो विषय उठान गरेका हुन्।

'जंगली हात्तीको आक्रमणबाट घाइते भएकी मनहरी ७ बस्ने कान्छीमाया तामाङ अझै उपचाररत हुनुहुन्छ। केही हप्तादेखि मनहरी क्षेत्रमा यमगज हात्तीले दुस्ख दिइरहेको छु, वडा सदस्य सुबेदीले भने, 'बर्षेनी जङ्गली जनावरले दुस्ख दिइरहेको छ। यसको दीर्घकालीन समाधान खोज्नुपर्‍यो।' हात्ती भगाउने र आगामी दिनमा जङ्गली जनावरको आक्रमण हुन नदिने विषयमा पालिकाले योजनाबद्ध काम गर्नुपर्ने उनको भनाई थियो।

वडा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै पालिका अध्यक्ष रन्जन कालाखेतीले यस विषयमा पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनसँग समन्वय भइरहेको जानकारी दिए। 'जंगली हात्तीले क्षति पुगेको ठाउँमा हामी पुगिरहेका छौ । हामीले मात्र हात्ती नियन्त्रण गर्न सक्दैनौँ। आरक्ष प्रशासनसँग समन्वय भइरहेको छु, गाउँपालिका अध्यक्ष कालाखेतीले भने, 'बर्सेनी हात्तीले दुस्ख दिइरहेको छ। यो विषयमा हामी चिन्तित छौँ। जङ्गली जनावरको समस्या समाधानका लागि के गर्न सकिन्छ त्यसका लागि तयार छौँ।' गाउँसभामा प्रस्तुत विधेयक तथा प्रतिवेदनमा सहभागी गाउँसभा सदस्यहरूले आ आफ्नो धारणा राखेका थिए। गाउँसभाले विभिन्न विधेयक पारित गरेको छ।

प्रकाशित: २९ पुस २०८० १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App