५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

दुर्घटनामा दुईजनाको मृत्यु

झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। शनिबार भएका ती दुवै दुर्घटनामा आठजना घाइते भएका छन्।

शिवसताक्षी- १० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको मे१०प ७२१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दमक ९ का २३ वर्षीय अनुप ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

ढकालको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलको पछाडि सवार मोरङको उर्लाबारी १ का २१ वर्षीय प्रदीप बस्नेत घाइते भएका छन्।  

त्यस्तै कार चालक बिर्तामोड ३ का ५० वर्षीय अनिलकुमार शाह, कारमा सवार बिर्तामोड ४ का ५३ वर्षीय जयप्रकाश शाह, बिर्तामोड ३ का ४४ वर्षीय रञ्जन शाह र सोही ठाउँका ५३ वर्षीय ललित शाह घाइते भएका छन्।

यस्तै शनिबार नै झापाको कमल गाउँपालिका ४ चुलाचुली मोडमा स्कुटर र दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई ३ का ७० वर्षीय रघुनाथ भट्टराई रहेका छन्।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे६प ३१५२ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६प ८९९२ नम्बरको अर्को मोटरसाइकल एकापसमा ठोक्किँदा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१६प ७१४० नम्बरको स्कुटरसमेत ठोक्किएको थियो। दुर्घटनामा  कनकाई ५ का ५२ वर्षीय चन्द्रप्रसाद भट्टराई र कनकाई ३ का ७० वर्षीय रघुनाथ भट्टराई घाइते भएका थिए। घाइतेमध्ये रघुनाथको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए। –रासस

प्रकाशित: २९ पुस २०८० ०१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App