६ आश्विन २०८१ आइतबार
image/svg+xml

भूमि व्यवस्थासम्बन्धी कानुन एकीकृत संशोधन गर्न समिति गठन

मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका संविधानविद् काशीराज दाहालको अध्यक्षतामा भूमिसम्बन्धी एकीकृत ऐन कानुन तर्जुमा समिति गठन गरिएको हो।

सुनौलो सहकारीमा पुनः सापकोटा

पोखरा महानगरपालिका– ६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारीले १५ औं वार्षिक साधारणसभा तथा पाचौं अधिवेशन गरेको छ। अधिवेशनले टिकाराम सापकोटाको नेतृत्वमा तीन वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ।

भिमकुल सहकारीद्वारा २५ करोड भन्दाबढि ऋण लगानी

२७ औँ वार्षिक साधारण सभाको अवसरमा शुक्रबार गोरखा सदरमुकाममा आयोजना गरिएको पत्रकार भेटघाटमा अध्यक्ष कृष्णकुमार श्रेष्ठले गत कात्तिक मसान्त सम्म २५ करोड ४३ लाख ५६ हजार पाँच सय ३३ रुपैयाँ ऋण प्रवाह भएको बताए।

प्रदेशको राजधानी दाङमा सार्नुको विकल्प छैन: लुम्बिनी प्रदेशका अर्थमन्त्री खड्का

मंगलबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले मन्त्रालयको भवनहरु बन्ने काम जारी रहेकाले सबै मन्त्रालयहरू क्रमशः सो ठाउँमा सार्दै जाने पनि स्पष्ट पारे।

साढे पाँच दर्जन सहकारीलाई कारबाही

युवा व्यवसायीलाई साना तथा घरेलु व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्दै स्वदेशमै स्वरोजगारका अवसर सृजना गर्न कार्यक्रम फलदायी बनेको छ।

हिमालय सहकारीको साधारणसभा सम्पन्न

हिमालय सहकारी संस्था लि. को २६ औं वार्षिक साधारणसभा अध्यक्ष दयानाथ शर्माको सभापतित्वमा सम्पन्न भएको छ।

‘भक्तपुरका सहकारी संस्थाहरु भाग्दैनन्’

‘बचत गरौं भविष्य उठाऔं, ऋण लिई उद्यम गरौं’ भन्ने नाराको साथ २०६४ सालमा स्थापना भएको उक्त संस्थाको साधारणसभामा संस्थाका सचिव महेशबहादुर धौबञ्जारले आर्थिक वर्ष २०७८/७९ मा संस्थाले गरेका र आर्थिक वर्ष २०७९/८० मा गर्ने योजनामा राखिएका गतिविधि कार्यक्रमबारे जानकारी दिएका छन्।

५० हजार बढी खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

विगतका वर्षभन्दा अहिले माथिल्लो कर्णालीका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा भेडाच्याङ्ग्राको उत्पादन वृद्धि भएको देखिएको छ।

अध्यादेशबाट प्रदेश निजामति ऐन

राजधानीसँग सरोकार राख्ने बृहत् विराट विकास क्षेत्र सम्बन्धी ऐन–२०७६ लाई संसोधान गर्न प्रदेश प्रमुखसमक्ष पेश गर्ने, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा प्रस्तुत केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ जारी गर्ने निर्णयसमेत गरेको छ।

तनहुँ र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको सुझाव कार्यानवयन गर्न निर्देशन

‘तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको निष्कर्ष र सुझावहरुमा समावेश विषयहरुलाई यथाशीघ्र कार्यानवयन गर्नको लागि सम्बन्धित अन्तर मन्त्रालयहरुलाई समितिले निर्देशन दिन्छ।'

‘स्रोत सुनिश्चित नगरी लगानी नगर्नू’

विभागले कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स–साना व्यवसायमा मात्र लगानी गर्न भनेको छ। सहकारीले घरजग्गामा गरेको लगानी फिर्ता नआएपछि संस्थाहरू समस्यामा परेका छन्। सहकारीका सञ्चालकले जथाभावी घरजग्गामा लगानी गर्दा जोखिम बढेको छ।

एक मोहर बचत गर्दै आएको विकूको सम्पत्ति नौ अर्ब बढी

‘विकूले चिनाउने छ अक्षर, सबै सदस्य बन्ने छन् साक्षर भन्ने उद्देश्यका साथ विगतका वर्षदेखि नै आफ्नै स्रोत र साधनबाट हामीले अनौपचारिक शिक्षा सञ्चालन गर्दै आएका छौँ’

रकम अपचलका कारण बन्द रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी पुनः सञ्चालन

दुई वर्ष ७ महिनादेखि अदालतमा चलेको मुद्दाका कारण बन्द भएर अन्योलमा रहेको सहकारीको सेवा पुनः सुरु भएको सहकारीका अध्यक्ष राजुप्रसाद अर्यालले बताए। उनले पहिला चरणमा ऋणीहरुसँग सावा र ब्याज असल्ने प्रकृया थालिने बताए। बचतकर्ताहरुको पैसा दशै वा तिहारपछि किस्ताबन्दीमा फिर्ता गरिने उनले बताए।

सहकारीमा पैसा अभाव: एकपटकमा ५ प्रतिशत मात्रै निकाल्न पाइने

तरलताको समस्या देखिएपछि सहकारी संस्थाका सदस्य बचतकर्ताले एकपटकमा ५ प्रतिशत मात्रै रकम निकाल्न पाउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्