६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनौलो सहकारीमा पुनः सापकोटा

पोखरा महानगरपालिका– ६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारीले १५ औं वार्षिक साधारणसभा तथा पाचौं अधिवेशन गरेको छ। अधिवेशनको पोखरा महानगरपालिका–६का अध्यक्ष विष्णुबहादुर भट्टराईले उद्घाटन गरे।  

भट्टराईले सहकारीले उत्पादनमा जोड दिदैं संस्थागत सुशासन, व्यवसायिक दक्षता र वित्तीय अनुशासन कायम गरी अघि बढ्नुपर्नेमा जोड दिए। संस्थाका अध्यक्ष टिकाराम सापकोटाले संस्थाका गतिविधिसँगै पर्यटनका सम्भावना, समस्या र राज्यको भुमिका लगायतबारे बोलेका थिए।

अधिवेशनले टिकाराम सापकोटाको नेतृत्वमा तीन वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ। समितिका उपाध्यक्षमा भोजकुमार श्रेष्ठ, सचिवमा सोमबहादुर थापा मगर, कोषाध्यक्षमा लिला भट्टराई छन। त्यस्तै सदस्यमा गायत्री फुयाल, मधुमाया सापकोटा, जिवनराज सापकोटा, उमा देबी अधिकारी, रामचन्द्र शर्मा छन । संस्थामा २४ सय ८७ जना शेयर सदस्य रहेका छन।  

प्रकाशित: २६ मंसिर २०७९ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App