५ आश्विन २०८१ शनिबार
image/svg+xml

चुनावलाई निष्पक्ष,स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्छः प्रधानमन्त्री देउवा

बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री देउवाले ती सबै चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनुपर्नेमा जोड दिए।

सबै राजनीतिक उपलब्धि २००७ सालको क्रान्तिको जगमा प्राप्त भएका हुन्ः प्रधानमन्त्री देउवा

उनले नेपाली कांग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासनको अन्त्य भई जनताको हक अधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्न २००७ सालमा आजकै दिन प्रजातन्त्रको घोषणा भएको उल्लेख गरेका हुन्।

एमसिसी विवादले सत्ता गठबन्धन धरापमाः देउवा पुगे ओली निवास

सत्ता गठबन्धनमा आबद्ध कम्युनिस्ट घटकका नेताहरू एमसिसी संसद्मा पेस गर्न राजी नभएपछि देउवा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीको साथ खोज्न बालकोट पुगेका हुन्।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल जारी

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्माबीच छलफल जारी रहेको छ।

मन्त्रिपरिषद्को बैठक बस्दै

सत्ता गठबन्धनमा आबद्ध दलहरू एमसीसीको पक्ष र विपक्षमा उभिदा सत्ता गठबन्धनको भविष्यमाथि नै प्रश्न उठिरहेका बेला मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

एमसिसीको पक्षमा उभिन डराउनु पर्दैनः प्रधानमन्त्री देउवा

बिहीबार काँग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले एमसिसी संसद्‌मा टेबल गर्ने र आउने नतिजा स्वीकार गरी अघि बढ्ने बताए।

सत्ता गठबन्धनकै घेराबन्दीमा प्रधानमन्त्री

प्रतिनिधिसभामा बुधबार एमसिसी सम्झौता पेस गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपालले सहमतिबिना अघि बढे गठबन्धन टुट्ने धम्की दिएपछि त्यसबाट पछि हटेका छन्। ‘विगतदेखि नै माओवादी र नेकपा एसको धारणा स्पष्ट छ।

देउवाद्वारा घलेको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गोरखाका पूर्वसभापति हरिबहादुर घलेकी आमा जीतमाया घलेको निधनप्रति दुःख व्यक्त गरेका छन्।

आन्दोलनको तयारी गर्न माओवादी केन्द्रको निर्देशन: पेचिलो बन्दै एमसिसी अल्झन,नैतिक संकटमा दाहाल र नेपाल

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एमसिसी यथास्थितिमा अगाडि बढाउन तयार नभएपछि प्रधानमन्त्री देउवाले सबै विकल्पसहित आफ्नो रणनीति बनाउन थालेको स्रोतको दाबी छ।

आलेको आक्रामक अभियानः रोयल्टी नतिर्ने अरू क्यासिनोको अनुमति पनि रद्द हुन्छ, पर्यटनमन्त्री

नियमानुसार हुन आउने रकम बराबरको रोयल्टी नबुझाउने केही क्यासिनो कारबाहीको डरले निवेदनसहित पर्यटन विभाग धाउन थालेको समेत मन्त्री आलेले बताए ।

अग्निपरीक्षामा सभामुख

होहल्लाका बीचमा बजेट पारित गरेको संसद् अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने बेलामा बिनाअवरोध चल्नुपर्छ भन्ने सभामुख सापकोटाको अडान छ ।

राजनीतिक स्वार्थ पूरा गर्न कूटनीति दाउमा

कूटनीतिक मामिलाका जानकारहरू मुलुकको आन्तरिक राजनीतिक गतिविधिको प्रभाव कूटनीतिक अभ्यास र अन्तर्राष्ट्रिय सम्बन्धमा पर्न नहुने बताउँछन्। तर दाहालले एमसिसीलाई लेखेको पत्रमा जनाएका प्रतिबद्धता र पत्र सार्वजनिक भएपछि दिएको प्रस्टीकरणले राजनीतिक स्वार्थका लागि कूटनीतिको दुरुपयोग गरेको देखाउँछ।

बेठेगान बोली

आफूले विदेशी सरकारलाई पत्र लेखिसकेर पनि छैन भनेर सिधै ढाँट्न सक्नुलाई कुनै बहादुरीका रूपमा लिन सकिँदैन। यो भनेको देश र जनताप्रतिको बेइमानी हो।

एमसिसीले सत्ता गठबन्धन संकटमा

प्रधानमन्त्री देउवा पक्षबाट सो पत्र सार्वजनिक भएको र गोपनीयता कायम नभएको भन्दै सत्ता गठबन्धनको प्रमुख घटक माओवादीले सरकार छाड्ने संकेत गरिसकेको छ। सो संकेत माओवादीले देउवालाई धम्क्याउन मात्रै गरेको हो कि साँच्चै सरकारबाट फिर्ता हुन हो भन्नेबारे चाहि केही खुलेको छैन।

प्रधानमन्त्री देउवाद्वारा भारतीय प्रख्यात गायिका मङ्गेशकरको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्